३२ असार २०८३, बिहीबार

संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको सौन्दर्य झल्काउने दृश्य: रौतहट परोहामा पूर्व प्रधानमन्त्री प्रचण्डद्वारा मुस्लिम समुदायसँग इफ्तारी

एसीपी संवाददाता

२५ फाल्गुन २०८१, आईतवार १८:५० मा प्रकाशित

रौतहट, परोहा – संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको विविधता र सौहार्दताको अनुपम उदाहरण प्रस्तुत गर्दै, रौतहट जिल्लाको परोहामा सम्माननीय पूर्व प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुस्लिम समुदायसँग इफ्तारी गरेका छन्।

यस विशेष अवसरमा पूर्व प्रधानमन्त्री प्रचण्डसँगै स्थानीय नेताहरू, समुदायका अगुवा तथा मुस्लिम धर्मावलम्बीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। रमजान महिनाको पावन समयमा आयोजित यस इफ्तारी कार्यक्रममा समुदायबीचको एकता, धार्मिक सहिष्णुता र आपसी सद्भावको सन्देश प्रवाह भएको छ।

पूर्व प्रधानमन्त्री प्रचण्डले मुस्लिम समुदायको महत्त्वपूर्ण पर्व रमजानको अवसरमा शुभकामना व्यक्त गर्दै देशको समावेशी विकास र सामाजिक ऐक्यबद्धताको महत्वबारे प्रकाश पार्नुभयो। कार्यक्रममा स्थानीय मुस्लिम अगुवाहरूले समेत प्रचण्डलाई धन्यवाद ज्ञापन गर्दै यस्ता समावेशी पहलहरूले विविध संस्कृतिका नेपालीलाई अझ नजिक ल्याउने विश्वास व्यक्त गरे।

नेपालको धार्मिक तथा सांस्कृतिक विविधता झल्काउने यस ऐतिहासिक क्षणका लागि सम्माननीय पूर्व प्रधानमन्त्री प्रचण्डज्यू लगायत सम्पूर्ण नेताहरूप्रति हार्दिक धन्यवाद व्यक्त गर्दै जय नेपाल!

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x