१२ मंसिर २०८३, शुक्रबार

संविधान कुल्चिएर संसद बिघटन गरेको भन्दै काठमाडौंमा जुत्ता प्रदर्शन

एसीपी संवाददाता

२६ माघ २०७७, सोमबार १५:४९ मा प्रकाशित

प्रधानमन्त्रीले संविधान कुल्चिएर संसद बिघटन गरेको भन्दै विवेकशील पार्टीले काठमाडौंमा जुत्ता प्रदर्शन गरेको छ ।

सोमबार काठमाडौंको माइतिघरमा  प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानलाई कुल्चिएर संसद विघटन गरेको भन्दै उनीहरुले जुत्ता प्रदर्शन गर्दै विरोध गरेका हुन् । जुत्ता प्रदर्शन गर्दै उनीहरुले संसद विघटनको घोषणालाई तत्कालै खारेज गर्नुपर्ने माग गरेका छन् । उनीहरुले ‘संसद विघटन खारेज गर’, ‘विधि र विधान नकुल्च’, लगायतका नारा लेखिएको प्लेकार्ड प्रर्दशन गरेका थिए ।

उनीहरुले संसदीय सुनुवाईविनै संवैधानिक आयोगमा भएको पदाधिकारीको नियुक्तिविरुद्ध पनि नारावाजी गरेका थिए । विवेकशील पार्टीले संसद विघटन भएदेखि रचनात्मक विरोध कार्यक्रम गर्दै आएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x