१ श्रावण २०८३, शुक्रबार

संविधान दिवसमा भाग नलिने-जसपा

एसीपी संवाददाता

२ आश्विन २०७७, शुक्रबार १६:३४ मा प्रकाशित

कपिलवस्तु, असोज , २ जनता समाजवादी पार्टीले सरकारले घोषणा गरेको संविधान दिवसमा भाग नलिने र विभिन्न प्रकारका विरोध कार्यक्रम गर्ने जनाएको छ । पार्टीका अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादबले संयुक्त रुपमा विज्ञप्ती जारी गरेर असोज ३ गते विभिन्न प्रकारका विरोध कार्यक्रम गर्ने जानकारी दिएका हुन् ।

संविधानमा संघीयता समावेशी लोकतन्त्र, राष्ट्रिय पहिचान, समानुपातिक समावेशिकरण लगायतका प्रावधानहरु प्नि अधुरो र अपूर्ण हुनुका साथै संविधानमा विभेदकारी प्रावधानहरु राखिएको हुँदा सरकारले घोषणा गरेको संविधान दिवसमा भाग नलिने विज्ञप्तीमा उल्लेख छ । संविधानमा रहेको विभेदकारी एवम् त्रुटिपुर्ण प्रावधानहरु परिवर्तनका लागि असोज ३ गते विभिन्न प्रकारका विरोध कार्यक्रम गरी संविधान संशोधनद्वारा सच्याउनका लागि देशका विभिन्न प्रमुख स्थानहरुमा शान्तिपुर्ण विरोध कार्यक्रमहरु आयोजना गर्न आम जनसमुदाय र पार्टी संगठनहरुलाई आह्वान गरेको छ ।

सोही क्रममा जनता समाजवादी पार्टी केन्द्रीय कार्यालय बाट जारी गरिएको विज्ञप्ति लाई आधार मानी उक्त विरोध कार्यक्रम प्रदेश नं ५ मा समेत गर्न तत्कालीन समाजवादी पार्टी प्रदेश नं ५ प्रवक्ता अकरम पठान ले जानकारी दिए ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x