१२ मंसिर २०८३, शुक्रबार
संसदीय दलको नेतामा प्रचण्डलाई चयन गरेको सभामुख सापकोटालाई जानकारी
नेपाल कम्युनिष्ट पार्टीको प्रचण्ड-नेपाल समूहले नेकपाको संसदीय दलको नेतामा पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई चयन गरिएको कुरा सभामुख अग्निप्रसाद सापकोटालाई जानकारी दिएको छ।
प्रचण्ड-नेपाल समूहका दुबै अध्यक्षहरू पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल आफू पक्षीय सांसदसहित सभामुख सापकोटाको कार्यकक्षमा गएर निर्णयबारे जानकारी गराएका छन्। उनीहरूले बहुमत सांसदहरूको निर्णय गरेको भन्दै हस्ताक्षर पनि बुझाएका छन्।
प्रचण्ड-नेपाल समूहले शुक्रबार संसदीय दलको बैठक राखेर प्रचण्डलाई दलको नेता बनाएको थियो। उक्त बैठकमा ११५ जना सांसद उपस्थित रहेको उक्त समूहको दाबी छ।
आज सभामुखलाई हस्ताक्षरसहित संसदीय दलको नेता फेरिएको जानकारी गराए सभामुख सापकोटाले ती हस्ताक्षरहरू प्रमाणित गर्नुपर्ने हुन्छ।सेतोपाटी
Subscribe
Login
0 Comments


