१२ मंसिर २०८३, शुक्रबार

संसदीय दलको बैठक चलीरहदा नेपाल पुगे युवा भेलामा

एसीपी संवाददाता

७ चैत्र २०७७, शनिबार ११:३२ मा प्रकाशित

काठमाण्डौ । पार्टी संसदीय दलको बैठक चलिरहँदा एमाले नेता माधव कुमार नेपाल भने आफू निकटको युवा संघको भेलामा सहभागी भएका छन् । राष्ट्रिय सभागृहमा आयोजित भेलाको उद्घाटन नेता नेपालले गरेका छन् ।उनले बेलुन उडाएर युवा संघ कार्यकर्ता भेलाको गरेका हुन् भने भेलालाई सम्बोधन गर्ने कार्यक्रम समेत रहेको छ । एमालेमा विवाद चर्किरहेको बेला एमालेमा समानान्तर कार्यक्रमको अभ्यास चलिरहेको छ ।

युवा संघको कार्यकर्ता भेलामा माधव नेपालका साथै सुरेन्द्र पाण्डे, युवराज ज्ञवाली, योगेश भट्टराई, गोकर्ण बिस्ट, रघुजी पन्त लगायतका नेताहरु पनि सहभागी रहेका छन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x