१४ आश्विन २०८३, बुधबार

संसद बिघटनको विरोधमा काँग्रेसद्वारा बिहीबार काठमाडौमा मोटर साईकल र्‍याली

एसीपी संवाददाता

१५ माघ २०७७, बिहीबार १३:०९ मा प्रकाशित

संसद बिघटनको विरोधमा नेपाली काँग्रेसले बिहीबार काठमाडौमा मोटर साईकल ¥याली निकालेको छ ।

नेपाली कांग्रेस क्षेत्र नं.६ काठमाडौको आयोजनामा बिहीबार सहिद दिवसका दिन काठमाडौको शान्तिवाटीकामा हुने प्रतिनिधि सभा विघटन विरुद्धको विरोध सभाको प्रचार प्रसारको लागि ¥याली निकाल्न निकालिएको हो । काठमाडौको वानेश्वरबाट सुरु भएको र्याली माइतीघर, थापाथली, त्रिपुरेश्वर लगाएत उपत्यकाका बिभिन्न स्थानको परिक्रमा गरेको थियो । र्यालीमा सहभागी नेविसंघ महामन्त्री कुन्दन काफ्लेले कम्युनिष्ट अतिवाद र संसदीय राजनीतिक प्रणालीमाथि हस्तक्षेप भएकाले कांग्रेस सडकमा रहेको बताउनुभयो । अहिलेको घटनाका बारेमा जनतालाई सुशुचित गर्नका लागि र्याली लगाएतका कार्यक्रमको आयोजना गरिएको उहाले बताउनुभयो ।

संसद बिघटनको विरुद्धमा बिहीबार शान्ति बाटिकामा हुने विरोध सभालाई काँग्रेसका प्रभावशाली नेताहरु कृष्णप्रसाद सिटौला, गगनकुमार थापा, प्रदिप पौडेललगायतले सम्वोधन गर्ने कार्यक्रम रहेको पाली कांग्रेस क्षेत्र नं.६ काठमाडौले जनाएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x