११ मंसिर २०८३, बिहीबार
संसद बिघटन गर्नु सरकारको असफलता(क्रान्तिकारी माओवादी)
मोहन वैद्य ‘किरण’ नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी)ले संसद बिघटन गर्नु सरकारको असफलता भएको बताउनुभएको छ ।
शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमपछि सञ्चारकर्मीसंग कुरा गर्दै उहाले प्रधानमन्त्रीको दम्भका कारण संसद बिघटन भएको समेत बताउनुभयो ।
उहाले संसद बिघटन पछि मुलुक थप संकटमा पुगेको र उपलव्धी नै गुम्ने खतरा सिर्जना भएको तर्क गर्नुभयो । संविधान अनुसार सरकार बनाएपनि नेकपाले संविधानलाई नै प्रहार गरेको उहाको भनाई छ ।
वर्तमान संकटको वास्तविक निकास र राष्ट्रियता, जनतन्त्र तथा जनजीविकाका समस्याहरुको समाधानका निम्ति संघीय जनगणतन्त्रको स्थापनार्थ कार्यगत एकता गरिने उहाले बताउनुभयो ।
Subscribe
Login
0 Comments


