संसद बिघटन बिरुद्ध देश भर बिरोध प्रदर्शन गर्दै नेपाली काँग्रेस
एसिपी न्यूजका लागि लक्ष्मी थारु । मुख्य प्रतिपक्षी दल नेपाली कांग्रेसले विरोधमा सोमबार आज देशभर प्रदर्शन गर्ने भएको छ । नेपाली काँग्रेसले आज १६५ वटै निर्वाचन क्षेत्रमा बृहत विरोध प्रदर्शन गर्न लागेको हो । विरोध प्रदर्शन पश्चात काँग्रेस नेताहरुले सभालाई सम्बन्धित निर्वाचन क्षेत्रमा सम्बोधन गर्ने नेपाली कांग्रेसले जनाएको छ ।
नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा भने आफ्नो निर्वाचन क्षेत्रमा जाने छैनन् । कार्यव्यस्तताको कारण देउवाले भक्तपुरको विरोध सभालाई सम्बोधन गर्ने नेपाली कांग्रेसले जनाएको छ । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले दमौलीमा सम्बोधन गर्ने कार्यक्रम छ ।
कांग्रेसले कार्यकर्ताहरुलाई ब्यानर, प्लेकार्ड एवम् प्रदर्शन र सभामा निर्धारित नाराहरुमात्र प्रयोग गर्न परिपत्र गरेको छ । राष्ट्रपतिले प्रधानमन्त्रीको सिफारिसमा संसदबिघटन गरेको आज बिरोध र्याली गर्ने छन् यस अघि जनता समाजबादी पार्टीले दिनहु जसो बिरोध प्रर्दशन गर्दै आएको छ ।
नेपाली कांग्रेसले संसद विघटनलाई असंवैधानिक र अलोकतान्त्रिक भनेको छ ।


