सगरमाथा नाप्न त हामीले चीन लाई दियौं । के चीनले हामीलाई ग्रेटवाल नाप्न देला
हिजो सगरमाथाको नयाँ उचाइ घोषणा गरिएको छ। नेपाल र चीनले मङ्गलवार विश्वको सर्वोच्च शिखर सगरमाथाको नयाँ उचाइ ८,८४८.८६ मिटर भएको घोषणा गरेको हो । नयाँ उचाइ यसअघि नेपालले मानिआएको उचाइभन्दा ८६ सेन्टिमिटरले बढी छ।
चीनले भने यसअघि सगरमाथाको उचाइ ८,८४४ मिटर रहेको बताउँदै आएको थियो। नेपाल र चीनले मङ्गलवार संयुक्त रूपमा आयोजित कार्यक्रममा नयाँ उचाइको घोषणा गरेका हुन्। नेपाल र चीनका सर्भे अधिकारीले छुट्टाछुट्टै गरेको सर्वेक्षणको संयुक्त रूपमा प्रशोधन गरी अन्तिम रूप दिएको भनिएको सगरमाथाको उचाइलाई अनुमोदन गर्ने निर्णय नेपालको मन्त्रिपरिषद्को मंसिर १० गतेको बैठकले गरेको थियो।
नेपालले सगरमाथाको उचाइ नापेको यो पहिलो पटक हो। सगरमाथापछिको सबैभन्दा अग्लो हिमाल केटुको उचाइ ८,६११ मिटर रहेको छ जुन पाकिस्तान-चीन सिमामा पर्दछ। परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सगरमाथाको उचाई घोषणा गर्दै ‘अब कोही भ्रममा नपर्ने’ भनेका छन्। मन्त्री ज्ञवालीले मात्रै नभएर भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले पनि सगरमाथाको उचाइलाई लिएर भएका ‘आशंका र द्विविधाहरूको निवारण भएको’ बताएकी थिइन् ।
यसै सन्दर्भलाई लिएर समाजिक सञ्जालमा सरकारको आलोचना सुरु भएको छ । यसैमा समाजिक सञ्जालमा राजनीतिक विश्लेषक डा. राजेश अहिराजले ‘सगरमाथा नाप्न त हामीले चीन लाई दियौं । के चीनले हामीलाई ग्रेटवाल नाप्न देला ?’ लेखेका छन् ।
सगरमाथा नाप्न त हामीले चीन लाई दियौं । के चीनले हामीलाई ग्रेटवाल नाप्न देला 😂😂😂
— Rajesh Ahiraj (@Rajesh_Ahiraj) December 9, 2020
त्यस्तै, अर्को एक समाजिक सञ्जाल फेसबुक प्रयोग कर्ताले ‘ओली र भक्तहरुलाई अर्को खुराक, सगरमाथाको नयाँ उचाइ ८८४८.८६ मिटर । केही नापेन भन्थे सगरमाथा नाप्यौँ भन्छन अब पर्खिनुस !!’ लेखेका छन् ।
https://www.facebook.com/rpkhanal/posts/10222023537550745
त्यस्तै, समाजिक सञ्जाल ट्वीटरमा ट्वीटर प्रयोगकर्ता दिपक तामाङले ‘ज्योमोलुङ्मा/सागरमाथा थप चुलिएको त गर्व गरुँला तर भ्रष्टाचार चुलिएको गर्व गर्न सकिँदैन ।’ लेखेका छन् ।
ज्योमोलुङ्मा/सागरमाथा थप चुलिएको त गर्व गरुँला तर भ्रष्टाचार चुलिएको गर्व गर्न सकिँदैन । नेपालपाना बाट


