११ मंसिर २०८३, बिहीबार

सडकबत्ती जडान गर्ने क्रममा करेन्ट लाग्दा एकको मृत्यु

एसीपी संवाददाता

२२ पुष २०७७, बुधबार ०५:२० मा प्रकाशित

भक्तपुरमा सडकबत्ती जडान गर्ने क्रममा करेन्ट लाग्दा एकको मृत्यु भएको छ ।

मंगलबार दिउँसो सवा १ बजे भक्तपुर नगरपालिका २ इतापाकोमा सडकबत्ती जडान गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ।  करेन्ट लाग्दा एक जना व्यक्ति तारमै अड्किएको र अर्को पछारिएको भन्ने खबर प्रहरीले पाएको थियो।  सो खबरपछि बिजुलीको लाइन काट्न लगाई प्रहरीको टोली एम्बुलेन्स सहितको प्रहरी टोली खटिएको थियो।

गम्भीर घाइते भएका दुबै जनालाई भक्तपुर अस्पताल पु¥याउँदा दोलखा मेलुङ गाउँपालिका–५ का २३ वर्षीय रामकुमार बुढाथोकीको मृत्यु भएको महानगरीय प्रहरी परिसर, भक्तपुरले जनाएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x