११ मंसिर २०८३, बिहीबार

सत्तारुढ दल नेकपामा देखिएको विवाद चरम सिमामा

एसीपी संवाददाता

३० मंसिर २०७७, मंगलवार १७:११ मा प्रकाशित

सरकारले संवैधानिक परिषद बैठकसम्बन्धी विधेयकमार्फत महत्वपूर्ण परिवर्तन गरेको छ ।

सत्तारुढ दल नेकपामा देखिएको विवाद संवैधानिक परिषदको बैठकसम्म पुग्दा सरकारले अध्यादेशमार्फत यस्तो परिवर्तन गरेको हो ।

राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा मंगलबार दिउँसो जारी भएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेशमा परिषद्को बैठकका लागि बहुमत सदस्य उपस्थित भएपछि बैठक बस्न सकिने संशोधन गरिएको छ ।

यस संशोधनसँगै अब परिषद्को बैठक, सभामुख अग्निप्रसाद सापकोटा उपस्थित नभए पनि बस्न सक्नेछ ।

प्रधानमन्त्रीको अध्यक्षतामा रहने संवैधानिक परिषदमा सदस्यका रूपमा प्रमुख विपक्षी दलका नेता, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रिय सभाका अध्यक्ष र उपसभामुख रहने व्यवस्था छ ।
आज मंगलबार बिहान परिषद्को बैठक डाकिएकोमा सभामुख अग्निप्रसाद सापकोटा सहभागी नहुँदा कोरम नपुगेका कारण बैठक बस्न सकेको थिएन ।

एउटै दलबाट बनेकाे सरकारका प्रधानमन्त्रीले डाकेकाे बैठकमा सभामुख सापकाेटा सहभागी नभएपछि यसले नेकपाभित्र देखापरेकाे विवादकाे छाया परिषद्काे बैठकमा परेकाे स्पष्ट देखा परेकाे थियाे । 

यसपछि सरकारले नयाँ कदम लिएकाे हाे । यस संशाेधनपछि सभामुख सापकाेटा सहभागी नभए पनि बैठक अघि बढाउने गरी सरकारले बाटाे खाेलेकाे हाे । नयाँपत्रीका बाट

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x