१२ मंसिर २०८३, शुक्रबार

जसपाका अध्यक्ष उपेन्द्रलाई राजेन्द्र महतोले टक्कर दिने

एसीपी संवाददाता

१० माघ २०७७, शनिबार १३:४३ मा प्रकाशित

जनता समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतो चुनावी तयारीमा लागेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेर वैशाखमा चुनाव घोषणा गरेसँगै महतोले तयारी थालेका हुन् ।

यसअघि कांग्रेस उपसभापति विमलेन्द्र निधिलाई हराउँदै धनुषाबाट सांसद निर्वाचित महतो यसपालि भने सप्तरी क्षेत्र नम्बर ३ बाट निर्वाचन लड्ने तयारीमा लागेका छन् ।

सप्तरी ३ जसपाकै अध्यक्ष उपेन्द्र यादवले जित्दै आएको क्षेत्र हो ।  जहिले पनि ठूला नेतालाई टक्कर दिने महतो निधिपछि अब उपेन्द्र यादवलाई टक्कर दिन मैदानमा उत्रिएका छन् ।

महतोले पछिल्ला दिनमा उपेन्द्रको क्षेत्रमा प्रचारप्रसार आक्रामक बनाएका छन् । जसपाका नेताहरुका अनुसार महतो विगत चार दिनदेखि सप्तरीको ३ नम्बर क्षेत्रमा छन् । यो मधेसी बाहुल्य क्षेत्र हो । नेपालपाना

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x