सरकारलाई एक महिनाको अल्टिमेटम-थारुवान राष्ट्रिय मोर्चा
पहिचानमा आधारित संघीय गठबन्धनले विभिन्न पाँचबुदें माग राख्दै उक्त मागहरु एक महिनाभित्र पुरा गर्न सरकारलाई अल्टिमेटम दिएको छ । पहिचानमा आधारित संघीय गठबन्धमा आवद्ध दल तथा संघसंगठनहरुले आइतबार काठमाडौंमा संयुक्त पत्रकार सम्मेलन गर्दै कोरोना प्रभावित जनताहरुको उचित स्वास्थ्य जाँच निशुल्क रुपमा गनुपर्ने लगायतका विभिन्न पाँचबुदें माग राख्दै सरकारलाई एक महिनाको अल्टिमेटम दिएको हो ।
गठबन्धनले कोरोना भाइरसले सबैलाई त्रसित बनाएको अवस्थामा सरकारले संक्रमण नियन्त्रण, स्वास्थ्य चेकजाँच, उपकरण तथा उचित व्यवस्थापन गर्न असफल भएको आरोप समेत लगाएको छ । कोरोनाका कारण उद्योग कल कारखाना, व्यापार, व्यवसाय, शिक्षण संस्था, अस्पताल, यातायात, सेवाग्रही कार्यालय सहित जनजीवन पूर्ण रुपमा प्रभावित भएपनि सरकारले गरिबहरुलाई उचित राहत प्रदान गर्न नसकेको आरोप लगाएको छ ।
कार्यक्रममा थारुहट थारुवान राष्ट्रिय मोर्चाका संयोजक लक्षण थारुले संविधानले सबैको भावना समेट्न नसकेको भन्दै अबको विद्रोह पहिचान पक्षधरहरुको हुने बताउनुभयो । अबको आन्दोलन बैचारिक ढङ्गले हुने पनि उहाँले बताउनुभयो ।
लक्षण थारु, संयोजक, थारुहट थारुवान राष्ट्रिय मोर्चा गठबन्धनले मागहरु पुरा गर्न सरकारलाई एक महिनाको अल्टिमेटम दिएको छ । एक महिनाभित्र आफ्ना मागहरु पुरा नभए आगामी मंसीर २० गतेदेखि काठमाडौंमा वृहत आन्दोलनको घोषणा गर्ने समेत चेतावनी दिएको छ ।
राम मगर,संयोजक, मगरात संघर्ष समिति त्यस्तै गठबन्धनले संघीयता संस्थागत गर्न संविधानको धारा २७४ लगाएत सम्पूर्ण पहिचान विरोधि धारा उपधाराहरु र अनुसुचिहरु संसोधन गर्नुपर्नेमाग राखेको छ । प्रतिनिधिसभा सदस्य रेशमलाल चौधरी लगायत थरुहत आन्दोलनकारीलाई षड्यन्त्रपूर्वक विभिन्न अभियोगमा झुठा मुद्दा लगाइ फसाँइएको भन्दै उनीहरुको मुद्दालाई सरकारले मुद्दा फिर्ता तथा खारेजी गरी बन्दीहरुलाई निसर्त रिहाइ गर्नुपर्ने, सरकारले संस्थागत भ्रस्टाचार तत्काल बन्द गर्नुपर्ने लगाएका माग राखेका छन् ।


