सरकार असफल हुन थाले पछि नेपाल-भारत सिमानाका मुद्दा बारे भ्रम सिर्जना गरिदै
अहिले देशमा एमाले सरकार असफल हुन थाले पछि राष्ट्रियता लाई मुख्य चुनावी मुद्दा बनाउन विभिन्न रणनीति अपनाउने तयारी गरि रहेको छ । केही दिन पहिले प्रकाशित समाचारले नेपाल भारत सम्बन्धलाई खराब गराइ सिमानाकाको मुद्दा उठाउने तयारी भैइरहेको एक जना श्रोतको दावी छ । अहि देसमा झुठो प्रचार गरी भारतले सिमा मिचेको हो भन्ने भ्रम सिर्जना गराई चुनावी मुद्दाहरूको तयारी भएको छ । उत्तरी सिमा मिचेको बारेमा समाचारले खसै चुनावी फायदा न हुने भएकोले अहिले राजा महेन्द्र पालाको मुद्दालाई अहिले प्रकाशित गराई दुई देशको सम्बन्धमा खलल पुरयाउनु वैदेशिक भुमिका रहेको अनुमान गरिएको छ । सिमान्कनको समस्या , अहिले जङे पिलरको मुद्दा उठान गर्नु भनेको मन्साय के हो भन्न बुझ्न सकिन्छ । देशमा सरकार असफल हुन लागेको बेला , अहिले एमाले फुटको कगार उभिएको , ओलि र माधव नेपाल समुहबिच चर्को बिवाद एक अर्कालाई कार्यवाहीका कारण देशमा खस्किदै जनादेशलाई ध्यानमा राख्दै पुनः ओलि सरकारको नेपाल भारत सिमा बिवाद सृजना गराई राष्ट्रियतालाई मुद्दा बनाई चुनावका बेला त्यसको फायदा लिने सोच रहेको नेपाल भारत सम्बन्धका बिश्लेसक रबिन्द्र सिङ कर्णले फोन मार्फत आफ्नो बिचार राखेका छ्न । अहिले गुलरिया नगरपालिका–८ बाँसीको सीमावर्ती जंगल २०३६ सालसम्म नेपालका वनकर्मीले जाँच गर्थे भन्दै उक्त जंगल अहिले भारतको कब्जामा छ भनेर समाचारले झन भ्रम सिर्जना गरेको छ । के यो सत्त्य हो भने अहिलेसम्म नेपाल सरकार मौन किन थियो ? जब सत्ता जाने बेला र भोटिङका लागि मत चाहियो अनि चुनावी महौल बनाउन दुई देशको सम्बन्ध बिगार्नु भनेको दुबै तर्फका स्थानीयलाई समेत नोक्सानी हुने छ । अहिले जसरी हामी आवत जावत गर्न सहज रहेको छ । अहिले रोटी बेटिको सम्बन्धलाई अझै बलियो बनाउने ठाँउमा बितेका कुराको राजनीतिक फायदाका लागी द्वन्द बढाउने प्रयास हो ठाकुरको भनाई छ । नेपालमा राजनीतिक उथलपुथलको मौका छोपी २०४१ सालदेखि भारतले जंगलसहितको जमिन कब्जा गरेको प्रोपोगन्डा तयार हुँदै छ । एस बारेमा भारतका र नेपालका बिस्लेसकहरुको भनाई अनुसार जहिले पनि राजनीतिक सम्बन्ध बिस्तार हुन लाग्यो र दुई देशको जनता मिलिजुली बस्न खोज्दा देशमा राजनीतिक यस्ता कुराहरुलाई संचार माध्यमबाट लेख्न लगाउने रणनीति बनेको छ । अहिले सिमापारि एसएसबी र नेपालमा पनि बिओपि पोस्टहरु छ्न सन २००४ बाट एसएसबी स्थापना भए देखि जग्गा कब्जा प्रकरणको कुनै घटना नभएको स्थानीय राजुले बताउदै भने अब यस्ता पुरानो घटनालाई किन ताजा बनाईदै यश बारे आफुहरु अनभिज्ञ छ्न । त्यहाँ दुबै तर्फ सुरक्षा निकाय रहेको ईतिहास छ अनि जग्गा मिचेको कुरा कसरी आई रहेको छ । त्यो पनि चालीस बर्ष सम्म कति सरकार आए गए कोईले किन बोलेनन । राजतन्त्र , प्रजातन्त्र , गणतन्त्र , सहित कति तन्त्र फरक फरक समयमा आए जग्गाको बिवाद उठेन, यशबाट राजनीतिक फायदा लिन सिधा मन्साय देखिन्छ । अनि कसरी भारतले एक तर्फी जग्गा कब्जामा लिन सक्छ ? केही दिन पहिले प्रकाशित समाचारमा उल्लेख गरे जस्तै २०६४ मा सशस्त्र प्रहरी बल स्थापना भए यता अतिक्रमणका घटना नभएको सहायक प्रहरी उपरीक्षक रावतले दाबी गरेको भनाई छ अब कुरा १३ बर्ष हुन लायो जग्गा कब्जाको कुनै घटना आएको छैन तर पनि यो मुद्दा किन उठन शुरु भएको छ । यहाँ सम्म अब किन यो मुद्दा कस्को ईशारामा भएको भन्ने कुरा उठाउन भन्ने प्रश्न खडा भएको छ । जग्गा प्रकरणको विषयमा एसएसबी सङ सोधपुछ गर्दा २००४ साल हामी सिमामा आफुहरु स्थापनाकाल देखि जग्गा प्रकरण कुनै घटना नभएको बताएका छन् ।


