१ श्रावण २०८३, शुक्रबार

सरकार डरायो: संविधानप्रदत्त मौलिक हकको हनन्

एसीपी संवाददाता

९ आश्विन २०७७, शुक्रबार ०३:३४ मा प्रकाशित

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको श्रमिक तथा ट्रेड युनियन विभागले निजामति कर्मचारी युनियनको निर्वाचन रोकेर सरकारले संविधानप्रदत्त मौलिक हकको हनन् गरेको बताएको छ।

‘सरकारले निजामति कर्मचारीहरुको आधिकारिक युनियनको निर्वाचन पटक–पटक सार्ने कार्य गरी संविधानप्रदत्त मौलिक हकको हनन् गरेको छ। जसका कारण नेपाली कांग्रेस श्रमिक तथा ट्रेड युनियन विभागको गम्भीर ध्यानाकर्षण भएको छ,’ विभागका प्रमुख शिवप्रसाद हुमागाइँले बिहीबार विज्ञप्ति निकालेर भनेका छन्।

सरकारले लोकतन्त्रमाथि नै प्रहार गरेको उनले आरोप लगाए।

‘संविधानको धारा १७ बमोजिम संघ–संस्था खोल्न पाउने र धारा ३४ बमोजिम युनियन खोल्ने र सामुहिक सौदावाजी गर्न पाउने नैसर्गिक अधिकारको कुरामा हस्तक्षेप गरी लोकतन्त्र माथि नै क्रमशः प्रहार गर्ने दुष्प्रयास गरेको छ,’ उनले भनेका छन्, ‘कांग्रेस कुनै पनि वर्ग र समुदायको लोकतान्त्रिक अधिकार माथि हुने अतिक्रमणको भर्त्सना गर्दछ।’

आफू अनुकूल परिणाम नआउने देखेर युनियनको चुनाव सरकारले सारेको आरोप कांग्रेसको छ।

‘निर्वाचनको घोषणा गरेर अन्तिम तयारी भै सकेको अवस्थामा विभिन्न वाहनावाजी गरी आफू अनुकूल परिणाम नआउने देखी विधि विधानलाई लत्याई पेशागत सम्मान, मौलिक हक र युनियन अधिकार माथि अंकुश लगाउने र एकदलीय संस्कारको पुनरावृत्ति हुने किसिमको सरकारको निर्णय तत्काल फिर्ता गरी निजामती कर्मचारीहरुको आधिकारिक युनियनको निर्वाचन तोकिएकै मितिमा गर्न गराउन नेपाल सरकारसँग माग गर्दछौं,’ उनले भने। 

असोज २४ मा हुने भनिएको कर्मचारी युनियनको चुनाव सरकारले मंसिर २७ गतेका लागि सारेको छ। सेतोपाटी 

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x