१ श्रावण २०८३, शुक्रबार

सरकार द्धारा राष्ट्रिय सभामा मनोनीत गर्न राष्ट्रपतिसमक्ष गौतमको नाम सिफारिस

एसीपी संवाददाता

१ आश्विन २०७७, बिहीबार ०४:३५ मा प्रकाशित

सरकारले नेकपा उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभामा मनोनीत गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ । प्रधानमन्त्री कार्यालयले गौतमलाई मनोनीत गर्न बुधबार सिफारिस पत्र पठाएको हो । 

राष्ट्रपति कार्यालय स्रोतका अनुसार सम्भवत: बिहीबार नै गौतमलाई राष्ट्रिय सभा सदस्यमा राष्ट्रपति विद्यादेवी भण्डारीले मनोनीत गर्नेछिन् । राष्ट्रपतिले मनोनीत गरेपछि राष्ट्रिय सभा अध्यक्षबाट गौतमले शपथ ग्रहण गर्नेछन् ।

गौतमलाई राष्ट्रिय सभा सदस्यमा मनोनीत गर्ने सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले निर्णय गरेको थियो । सोमबार नै मन्त्रिपरिषद्को बैठकले वामदेव गौतमलाई राष्ट्रिय सभामा लैजाने निर्णय गरे पनि मंगलबारको पत्रकार सम्मेलनमा सरकारका प्रवक्तासमेत रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले यसबारेमा केही जानकारी दिएका थिएनन् । मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्ने क्रममा प्रवक्ता ज्ञवालीले यो निर्णय जानकारी नगराएपछि गौतमको राष्ट्रिय सभामा सिफारिसबारे आशंका बढेको थियो ।

राष्ट्रियसभामा राष्ट्रपतिले मनोनित गर्ने तीन सदस्यमध्ये युवराज खतिवडाको पदावधि समाप्त भएपछि एक सिट ६ महिनादेखि खाली छ । त्यही सिटमा वामदेव गौतमलाई मनोनीत गर्न सरकारले राष्ट्रपतिसमक्ष सिफारिस गरेको हो । श्रोत ईकान्तिपुर

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x