१ श्रावण २०८३, शुक्रबार

सरकार बिरुद्ध मजदुर संघर्ष समितिको प्रदर्शन

एसीपी संवाददाता

१५ आश्विन २०७७, बिहीबार ०४:४५ मा प्रकाशित

राज्यलाई तिर्देआएको रकमबाट आफुहरुलाई राहत प्रदान गर्नुपर्ने भन्दै पर्यटन मजदुर संघर्ष समितिले बुधबार पर्यटन बार्ड अगाडी धर्ना दिएको छ ।
कोरोनाका कारण रोजगारी गुमाएका पर्यटन मजदुरहरुलाइ राज्यले उपेक्षा गरेको र कुनै राहतका कार्यक्रम नल्याएको भन्दै पर्यटन मजदुरहरु आन्दोलित भएका हुन् ।

लामो समयदेखि श्रम गर्न नपाउँदा भौकै मर्ने स्थिति आएकाले सरकारसँग सहयोग मागेको तर अहिलेसम्म सुनुवाइ नभएकाले आन्दोलन गर्न बाध्य भएको उनीहरुको भनाई छ ।

https://www.youtube.com/watch?v=Fr6tKJahBlA

आफुहरुको माग पुरा नभए पर्यटन बार्डमा तालाबन्दी गर्ने चेतावनी उनीहरुले दिएका छन् । धेरैपटक पर्यटन बोर्ड, पर्यटन विभाग र टानसँग आफ्ना समस्या राख्दा समेत सुनुवाई नभएकाले बोर्ड अगाडी धर्ना दिइएको सर्घष समितिका संयोजक प्रकाश राईले बताउनुभयो ।

उनीहरुले ५ वर्ष यता मजदुर कल्याणकारी कोषमा जम्मा गर्दै आएको रकम १५ करोड रुपैयाँ पुगेको तर त्यही रकम मजदुरको हितमा खर्च गर्न समेत सरकारी निकायहरुले नमानेको गुनासो गर्नुभयो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x