सरिता गिरीले पुर्ब प्रधानमन्त्री भट्टराईलाई दिइन चुनौती
पूर्वप्रधानमन्त्री एवं समाजवादी पार्टीका वरिष्ठ नेता डा. बाबुराम भट्टराईले नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मिलेर बूढीगण्डकी जलविद्युत् आयोजनामा नौ अर्ब रूपैयाँ घोटाला गरेको आरोप लगाए
सो आरोप बारे अहिले विभिन्न प्रकारका टिका-टिप्पणी भइरहेको छ। पूर्वप्रधानमन्त्रीले आरोप लगाउने मात्र नभई त्यसलाई पुष्टि गर्दै थप प्रक्रिया पनि अगाडी बढाउनुपर्ने माग यति बेला उठिरहेको छ
चीनसँग झण्डै आधादर्जन सीमा स्तम्भबारे विवाद छ
सिमा-नाका जमुनाहमा नागरिक सहायता कक्ष स्थापना
नेपाली काँग्रेसले त्यस आरोप बारे आधिकारिक रुपमै प्रतिक्रिया जनाइसकेको भए पनि नेकपाले त्यस बारे कुनै प्रतिक्रिया जनाएको छैन। डा भट्टराईले बूढीगण्डकीसम्बन्धी तथ्यमा गहिरो अध्ययन र सार्थक पहल गर्नुभन्दा सस्तो टिप्पणी गरेको जनाउँदै काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले प्रमाण सार्वजनिक गर्न चुनौती दिएका
यसै बीच तराई मधेश वृहत् लोकतांत्रिक मोर्चाकी संयोजक सरिता गिरीले पनि भट्टराईलाई अख्तियारमा प्रमाण सहित उजुरी दिन चुनौती दिएकी छन्। जनता समाजवादी पार्टीबाट आफूलाई बाबुरामको सक्रियतामा निकालिएको आरोप लगाउँदै आएकी गिरीले भट्टराईलाई त्यस्तो चुनौती दिएकी हुन्।
बहालवाला प्रधानमन्त्री र पुर्ब प्रधानमन्त्रीद्वयले गरेको ९ अर्ब भ्रष्टाचारको प्रमाण म सँग छ-डा.भट्टराई
बूढीगण्डकी जलविद्युत् आयोजनामा नौ अर्ब रूपैयाँ घोटाला भएको प्रमाण सहित उजुरी नदिए भट्टराई पनि भ्रष्टाचारका भोगी रहेछन् भन्ने प्रमाणित हुने गिरीको बुझाई छ।
“अब पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले अख्तियार दुरुपयोग निवारण आयोगमा गई बूढीगण्डकी जलविद्युत् आयोजनामा भएको ९ अर्ब को भ्रष्टाचार बारे प्रमाण सहित उजुरी दर्ता गराएनन् भने भ्रष्टाचारका भागी उनी पनि हुन भन्ने सत्य स्वतः प्रमाणित हुनेछ ।”,गिरीले ट्वीट गर्दै लेखेकी छन्। बिगुल न्युजको साभार




