३१ जेष्ठ २०८१, बिहीबार

सवै महानुभावहरुलनई साग दावा÷बुद्ध जयन्तीको हार्दिक शुभकामना

एसीपी संवाददाता

११ जेष्ठ २०८१, शुक्रबार १२:१० मा प्रकाशित

भोलि ९ जेठ, २०८१ को दिनमा सागा दावाको दुचेन, एक धेरै महत्त्वपूर्ण दिन हो, जुन दिनले बुद्ध शाक्यमुनिको जन्म, ज्ञान, र महापरिनिर्वाण (मृत्यु) को तिन परिघट्नलाई जनाउछ । तिब्बती पात्रोको चौथो महिनाको १५ औं दिनको पूर्णिमाको दिनमा पर्ने यो वार्षिक दिनले शाक्य वंशका राजकुमारको जीवनको सम्झना गर्दछ । हालको नेपालको लुम्बिनीमा जन्मेका उनले छत्तीस वर्षको उमेरमा भारतको बोधगयामा बुद्धत्व प्राप्त गरेका थिए र ८१ वर्षको उमेरमा भारतको कुशीनगरमा उनको निधन भएको थियो । यी तीनवटा महत्त्वपूर्ण घटनाहरू आज भन्दा २६०० वर्ष पहिले, बौद्ध धर्मको निरन्तरतलाई नाँय आकार दिँदै, एकै दिनहरुमा प्रकट भएका थिऐ ।

सागा दावाको समयमा, पुण्य वा नकारात्मक कार्यहरूको प्रभावलाई एक करोडको गुणनले विस्तार गर्ने विश्वास गरिन्छ । बुद्धका शिक्षाहरू, जसले अरूलाई गैर–हानि र सहायतालाई बढावा दिन्छ, को पालना गर्दै व्यक्तिहरूले विभिन्न आध्यात्मिक अभ्यासहरूमा भाग लिन्छन् । यसमा नजिकका तीर्थस्थलहरूको तीर्थयात्रा, परिक्रमा, बुद्ध र बुद्धका शिक्षाहरूलाई ढोग चढाउने, शाकाहारी भोजनको पालना, भिक्षा दान गर्ने, धूप र मक्खनका बत्तीहरू चढाउने, र कहिलेकाहीं, स्वयम्भूनाथ र बौद्धनाथ स्तूपहरू जस्त स्थानहरुमा निःशुल्क पानी, जुस, फलफूल वा खाना वितरण समेत गर्छन् । भक्ति र करुणाका यी कार्यहरूले सागा दावाको गहिरो आध्यात्मिक महत्त्वको प्रमाणको रूपमा विश्वभर काम गर्दछ ।

साग दावाको समयमा, धेरै तीर्थयात्रीहरूले कैलाशको कोरा अर्थात कैलाशका पर्वतको परिक्रमा गर्ने कार्य सुरु गर्छन् । इच्छुक महानुभावहरूलाई आगामी डिसेम्बरको लागि हाम्रो श्रीलंका बौद्ध तीर्थ यात्रा कार्यक्रम https://wesherpas.org/np/tours/श्रीलंकाको-बौद्ध-यात्रा/ र २०२५ को लागि ल्हासा र कैलाश भ्रमण यात्रामा भाग लिन अनुरोध गर्दछु ।

ॐ नमो बुद्धाय नम
ॐ नमो बुद्धाय सोह
ॐ मुनि मुनि महामुनिये सोहा

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x