३२ असार २०८३, बिहीबार

सशक्त बालिका परियोजनाका सहभागिबीच सिकाई आदानप्रदान, अभियान संचालनका लागि सामग्री हस्तान्तरण

एसीपी संवाददाता

४ असार २०८२, बुधबार ०९:२० मा प्रकाशित

बर्दिया,  असार । प्लान इन्टरनेशन नेपालको सहयोग, गुलरिया नगरपालिकाको सहकार्य र बाँके युनेस्को क्लबको आयोजनामा बर्दियामा सञ्चालित सशक्त बालिका परियोजना कार्यक्रमका सहभागि किशोरी तथा युवतीहरुबीच दुई दिने तालिममुखी सिकाई आदानप्रदान कार्यक्रम गरिएको छ ।

तालिम तथा सिकाई आदानप्रदान कार्यक्रममा गुलरिया नगरपालिका, मधुवन नगरपालिका र बढैयाताल गाउँपालिकाका किशोरी तथा युवा क्लबहरु, धार्मिक गुरु, नागरिक समाजका अगुवा, स्थानीय जनप्रतिनिधि र पत्रकारहरुको सहभागिता रहेको थियो ।

तालिममुखी सिकाई आदानप्रदान कार्यक्रममा कृष्ण पाण्डेले सहजीकरण गर्नुभएको थियो । आज आयोजित कार्यक्रम समापनमा सहभागिहरु सविना खान, भूमिका थारु, रत्ना सुनार र विष्णु गौतमले आआप्mनो अनुभव सुनाउनुभएको थियो । कार्यक्रममा बाँके युनेस्को क्लबका प्रमुख संरक्षक प्रवेजअलि सिद्धिकी, उपनिर्देशक गोविन्द लामिछाने, सल्लाहकार नीरज गौतम र कमल पन्थीलगायतको उपस्थिति रहेको थियो । समापन समारोह बाँके युनेस्को क्लबका अध्यक्ष रबि तुलाधरको अध्यक्षतामा भएको थियो ।

यसैबीच, सोही परियोजना कार्यक्रममा सहभागि किशोरी तथा युवा क्लबलाई अभियानमुखी कार्यक्रम संचालन गर्न विभिन्न सामग्री उपलव्ध गराइएको छ । अध्यक्ष तुलाधरका अनुसार, साउण्ड सिस्टम, प्लास्टिक म्याट, रजिष्टर, न्युज प्रिन्ट पेपर, परमामेन्ट मार्कर, स्टेपलर मेसिनलगायतका सामग्री उपलव्ध गराइएको छ ।

उक्त सामग्री प्राप्त गरेका किशेरी तथा युवा क्लबका अभियन्ताहरुले आआप्नो पालिकामा बालविवाह रोकथाम, बालबालिका, किशोरकिशोरी तथा युवाहरुको अधिकार, शिक्षा, स्वास्थ्यको प्रभावकारी व्यवस्थापन, प्रजनन स्वास्थ्यलगायतका सवालमा सडक नाटक प्रदर्शन, एडभोकेसी, घरदैलो अभियान लगायतका कार्यक्रम संचालन गर्ने जनाइएको छ । 

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x