सहयोगी हातहरुको सहयोगले सफल उपचार
“सहयोगी हातहरुको सहयोगले बिजयकुमार सिंहको कानको सफल उपचार भएको छ”
प्रमोद मंसिर २ गते । सिरहाको धनगढी माई नगरपालिका -८ को विजय कुमार सिंह लाई हेल्प मधेशी ,विष्मिल्लाह सेवा समाज दोहा कत्तारको आर्थिक सहयोग मा सनराइज सिरहा युवा संञ्जालले सिंहको कानमा भएको घाउको अप्रेसन गराइ उद्धार गरेका छ्न।
कान पिडित विजय कुमार सिंहको घर परिवारमा कोहि पनि छैन। ऊनी कहिलेबाटोमा त कहिले जहाँ काम गर्थे त्यही घर मालिकको घरमा गुजरा गर्दै जीवन बिताइरहेका थिए ।अचानक उनको कानमा घाउ भयो र पैसाको अभावमा उनी कान को उपचार गराउन न सकेर निकै कष्टकर जीवन बितारहेका थिए।यसबारे सनराइज सिरहा युवा संञ्जाल लाई जानकारी भए पछि संस्थाले उनको उपचारको लागि पहल गरेर उद्धार गरेको सनराइज सिरहा युवा संञ्जालकी अध्यक्ष सोहानी शोभा साह ले बताएकी छन्।
अध्यक्ष साहकी निकै सक्रिय भुमिकामा संञ्जालका उपाध्यक्ष पारस साह , कोषाध्यक्ष संतोस साह ले पीडित बिरामी विजय कुमार सिंहलाई धरान को बि.पि.कोइराला प्रतिष्ठानमा लगेर कान को अप्रेसन गराएका छ्न।
पीडित सिंहको उपचार मा विष्मिल्लाह समाज दोहा कत्तारले नवे हजार र हेल्प मधेशी संस्थले तीस हजार गरी जम्मा एक लाख बीस हजार उनको उपचारमा सहयोग गरिएको सनराइज सिरहा युवा संञ्जालकी अध्यक्ष सोहानी शोभा साहले बताएकी छन्।




