१७ आश्विन २०८३, शनिबार

सहिद स्मारक ’बी’ डिभिजन लिग फुटबलमा रानीपोखरी कर्नरको जित

एसीपी संवाददाता

१७ फाल्गुन २०७७, सोमबार १०:२५ मा प्रकाशित

राजधानीमा जारी सहिद स्मारक ’बी’ डिभिजन लिग फुटबलमा रानीपोखरी कर्नर टिम आरसिटीले टुसाल युथ क्लबलाई पराजित गरेको छ ।

सोमबार भएको खेलमा आरसिटीले टुसाल युथ क्लबलाई १–० गोल अन्तरले पराजित गरेको हो । एन्फा कम्प्लेक्स सातदोबाटोमा आरसिटीलाई जित दिलाउन अजित गुरुङले निर्णायक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ७३ औं मिनेटमा अजितले निर्णायक गोल गरेका हुन् । जितसँगै आरसिटी लिगको पाँचौं स्थानमा उक्लिएको छ । आरसिटीले ८ खेलमा १२ अंक जोडेको छ । टुसाल ८ खेलमा ८ अंक जोडेर सातौं स्थानमा रहेको छ । लिगमा १२ क्लबले प्रतिस्पर्धा गरिरहेका छन् ।

एक टिम ’ए’ डिभिजन लिगमा बढुवा हुनेछ भने एक टिम ’सी’ डिभिजनमा घटुवा हुनेछ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x