१४ मंसिर २०८०, बिहीबार

साझा प्रजातान्त्रिक समुहको घर दैलो अभियान मतदाताहरुको बिश्वास जित्न सफल

एसीपी संवाददाता

२३ पुष २०७६, बुधबार ११:५० मा प्रकाशित

नेपालगन्ज २२ गते बुधबार बाके । यहि आगामी माघ ११ गते हुने नेपालगन्ज उद्योग बाणिज्य संघको निर्वाचनमा साझा प्रजातान्त्रिक उद्योगी व्यवसायी समूहले आज धम्वोजी, पुष्पलाल चोक हुँदै बसपार्कमा पुगेर घरदैलो भेटघाट गरेका छन । नेपाल्गन्ज्को धम्वोजी चोकबाट सुरु भएको घरदैलो अभियान प्रहरी गुल्म, पुष्पलाल चोक हुँदै बसपार्क पुगेको थियोे ।
घर दैलो अभियान लाई तिब्र बनाउदै मतदाताहरुको घर घरमा पुगेका अध्यक्ष पदका लोकप्रिय उम्मेदवार ललित कुमार रौनियारको नेतृत्वका उम्मेदवारलाई भव्य स्वागत गर्दै विजयीको शुभकामना दिएका थिए । “आर्थिक समुन्नती सहितको व्यवसायीक स्वतन्त्रता संस्थागत विकासको लागि हाम्रो प्रतिबद्धता” भन्ने नाराका साथ ललितकुमार रौनियार नेतृत्वको साझा प्रजातान्त्रिक उद्योगी व्यवसायी समूह घरदैलोमा पुग्दा मतदाता उद्योगी व्यवावसायीहरुले उद्योग बाणिज्य संघको गरिमा जोगाउन, संघको संस्थागत विकास गर्न र उद्योगी व्यवसायीको हकहित र सुरक्षाका सवालमा प्रभावकारी भूमिका निभाउन सुझाव दिएका साझा उद्योगी व्यवसायी समूहको प्रचार प्रसार सचिवालय सहसंयोजक वीरेन्द्र कुमार रावतले जानकारी दिनुभयो ।

समूहकोे तर्फबाट उद्योग उपाध्यक्षमा तपेन्द्र विक्रम शाह र बाणिज्य उपाध्यक्षमा अमित बस्नेत उम्मेदवार रहनुभएको छ । साझा प्रजातान्त्रिक उद्योगी व्यवसायी समूहको सदस्य पदका उम्मेदवारहरुमा अजय कुमार टण्डन, सुुनिल सिंघल, बिन्दु चर्तीमगर, टेकबहादुर खड्का, बदरुदिन अन्सारी, बिष्णु प्रसाद श्रेष्ठ, टंक प्रसाद शर्मा, मख्खन बहादुर धामी, सन्तोष कुमार बैश्य, तेजनारायण कँडेल, दिपेन्द्र राज श्रेष्ठ, सुरेन्द्र सिंह सरदार रहेका छन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x