साधु सन्तलाई याेगा बारे जानकारी गराउदै फलफुल बितरण
नेपालगन्जस्थित हडिया बाबा मन्दिरमा रहेका साधु सन्तलाई याेगा बारे जानकारी गराउदै फलफुल बितरण गरिएको छ ।
याेग समिति नेपालको अगुवाईमा बाँके आराेग्य स्वास्थ्य सचेत नागरिक याेग अभियान अन्तरगत हडिया बाबा मन्दिरमा साेमबार याेग सिकाइनुका साथै तथा फलफुल बितरण गरिएको हाे ।
त्यहाँ उपस्थित साधु सन्त, महन्त तथा गुरूहरूको सम्मान स्वरुप याेग अफियानमार्फत फलफुल बितरण गरियको हो ।
कार्यक्रममा बाेल्दै हडिया बाबा मन्दिरका अध्यक्ष एवं याेग समितिका सल्लाहकार नन्दलाल वैश्यले निराेगी बन्नका लागि नियमित याेग अभ्यास जरूरी रहेकाे बताउनुभयाे ।
साधु सन्तले नै योग विकास गरेकाले उहाँहरुलाई थप हौसला प्रदान गर्न उपस्थिति जनायको बताउनुभयाे ।
कार्यक्रममा बाेल्दै हडिया बाबा मन्दिरका अध्यक्ष एवं याेग समितिका सल्लाहकार नन्दलाल वैश्यले निराेगी बन्नका लागि नियमित याेग अभ्यास जरूरी रहेकाे बताउनुभयाे ।
साधु सन्तले नै योग विकास गरेकाले उहाँहरुको हौसला र थप प्रचार गर्न उपस्थिति जनायको बताउनु भयो ।
अध्यक्ष एवं याेग गुरु गिरीराज शर्माको निर्देशनअनुसार ज्योती प्रकाश पौडेल र सुनिता पौडेलले योग शिक्षा दिनु भयको थियो ।
कार्यक्रममा याेग समितिकि सचिव निर्मला शाह, प्रचारक डिला शाह लगायतले योग बारे बोल्नु भयको थियो ।
सल्लाहकारद्वय बिश्वजित तिवारी र राजन रानामगर, समितिका पदाधिकारी लगायकाे उपस्थित रहेकाे उपाध्यक्ष सुमित्रा शुवेदीले जानकारी दिनुभयो ।
मन्दिरकाे सरसफाइ, याेग अभ्यास गराइनुका साथै ३ सय जनालाई फलफूल बितरण गरिएकाे छ । साधु सन्तहरुहरेक वर्ष भेला हुने गर्दछन ।


