२ श्रावण २०८३, शनिबार

सिमानाका खोल्न दबाव दिदै स्थानीय जनता,सरकार मौन जमुनाह प्रहरीलाई सकस

एसीपी संवाददाता

२० कार्तिक २०७७, बिहीबार ०७:०० मा प्रकाशित

साहिल शेष,
बाँके । कोरोना महामारी बढेसँगै सात महिनादेखि बन्द रहेका नेपालसँग भारतीय सीमा खुला गरेको छ । भारतीय सिमा सुरक्षा बलले सहजै आवत जावत गर्न दिएको आउने जाने मानिसहरुको मेला लाग्ने गरेको हो । बिहारमा भइरहेको चरणबद्ध चुनावका क्रममा भने दुई दिन सिमान बन्द गर्ने गरिएको छ । उता जमुनाहा नाकामा एकाबिहानै भारत नेपाल तर्फ आवतजावत गर्न बाँकेको जमुनाह नाकामा मेला लाग्न गरेको छ ।

भारतको गृह मन्त्रालयले अन्तर्राष्ट्रिय सीमा नाका खुला गर्न औपचारिकरूपमा कार्तिक ६ गते निर्देशन दिएपछि भारतबाट नेपालतर्फ आउनेको भीड रोक्न जमुनाहमा चुनौती बनेको जमुनाहाका इन्चार्ज गिरीले बताउनुभयो ।

यसअघि नागरिकता देखाएर नेपालीलाई नेपाल आउन दिने तथा भारतीयलाई आधार कार्ड देखाएर भारत जान दिने व्यवस्थासँगै औषधि उपचार, अन्तिम संस्कार र विवाहका लागि मात्रै दुवै देशका नागरिकलाई आवागमन गर्न दिइएको थियो ।

सीमा खुला गरेसँगै नेपालतर्फ स्वास्थ्य सुरक्षामा चुनौती थपिएको छ । सीमा खुला गरेसँगै नेपालतर्फ आउन खोज्ने भारतीयलाई रोक्न नेपाली सुरक्षाकर्मीलाई चुनौती थपिएको छ ।

लामो समयसम्म सीमानाका बन्द हुँदा पछिल्ला महिना भने दुवैतर्फ विभिन्न सामानहरू तस्करी हुने गरेका छन् । प्रमुख नाकाहरूमा सुरक्षा कडाइ गरिए पनि चाडपर्वको समयमा सीमावर्ती भारतीय बजारमा नेपालीहरूको किनमेल बाक्लिएको छ ।

विभिन्न काम लगायत व्यवसायका निम्ति भारतीयहरू पनि लुकीछिपी नेपाल आउने क्रम नरोकिएको स्थानीयको दावी छ । नेपाल सरकारले कात्तिक ३० गतेसम्म अन्तर्राष्ट्रिय सीमा नाका बन्द गर्ने निर्णय गरेकोमा मङ्सिर १ गतेबाट नाका खोल्नुपर्ने माग दुवैतर्फका जनताको छ ।

कोरोना भाइरसको संक्रमण दर घटेको देखिए पनि भारत विश्वमै सबैभन्दा धेरै मानिस संक्रमित भएको दोस्रो देश हो । यता गृह मन्त्रालयले पनि भारतसँगको सिमाना नाका बन्द रहेकाले नेपाली बाहेक अन्य देशका नागरिक आउन नपाउने जनाएको छ ।

सरकारले सिमाना अझै बन्द नै राखे पनि जिल्लास्थित विभिन्न नाकाबाट मानिसहरूको ओहोरदोहोर हुने गरेको स्थानीयको भनाइ छ ।नागरिकता देखाएर नेपालीलाई नेपाल आउन दिने तथा भारतीयलाई आधार कार्ड देखाएर भारत जान दिने व्यवस्थासँगै औषधि उपचार, अन्तिम संस्कार र विवाहका लागि मात्रै दुवै देशका नागरिकलाई आवागमन गर्न दिइएको थियो ।

आवत जावत गर्नैपर्ने बाध्यतापूर्ण अवस्थाका मानिसहरूको निम्ति सरकारको मापदण्ड अनुसार प्रक्रियागत सहजिकरण गरिदिने गरेको उहाँले जानकारी दिनुभयो ।

सिमानामा रहेको इलाका प्रहरी कार्यालय जमुनाहाका इन्चार्ज गिरीका अनुसार अहिले भारतीय सुरक्षा निकायले नाकामा आवतजावत सहज गरेकाले नेपालतर्फको सिमानामा भीड व्यवस्थित गर्न गाह्रो हुँदै गएको बताउनुभयो। उहाँले भारतीय सुरक्षाकर्मीले सबैलाई आवागमन गर्न छुट दिएपछि नेपाली सिमानामा भीड थेग्न समस्या बढ्दै गएको बताउनुभयो।समयपत्र

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x