३२ असार २०८३, बिहीबार

सुरक्षा परियोजना अन्तर्गत मधुवन नगरपालिकामा मानव बेचबिखन विरुद्ध स्थानीय समितिको बैठक आयोजना

एसीपी संवाददाता

१२ बैशाख २०८२, शुक्रबार १९:१४ मा प्रकाशित

बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालसँगको साझेदारीमा सुरक्षा परियोजना अन्तर्गत मधुवन नगरपालिकामा मानव बेचबिखन विरुद्ध स्थानीय समिति (LCCHT) को बैठक आयोजना गर्न सहयोग गरेको छ। मधुबन नगर्पालिकको आयोजनमा सम्पन्न बैठकको अध्यक्षता LCCHT का सदस्य तथा उप प्रमुख अनिता चौधरी गर्नुभएको थियो। बैठकमा मानव बेचबिखन नियन्त्रण समितिका सदस्यहरुको सक्रिय उपस्थिति रहेको थियो भने बैठकको सन्चालन समितिका सदस्री सचिव इन्द्रा चुनाराले गर्नुभएको थियो भने बैठकलाई सहजीकरण परियोजना संयोजक ईश्वर बीकले गर्नु भयको थियो कर्यक्रममा बाके युनेस्को क्लब का जनक राम चौधरी र सावित्रा भाटको सहभागिता रहेको थियो । सबै वडाहरूमा वडा-स्तरीय समिति गठन, समितिको प्रगतिको समीक्षा, र बाल बेचबिखन सम्बन्धी समिति सदस्यहरूलाई क्षमता अभिवृद्धि तालिम सञ्चालन गर्ने योजना बनाइएको थियो। यो स्थानीय सरकारको ढाँचालाई सुदृढ पार्ने दिशामा अर्को कदम भयको अनिता चौधरीले बताउनु भयो साथै बैठकले मधुवन सरकारलाई स्थानीय स्तरमा मानव बेचबिखन विरुद्ध सान्दर्भिक प्रयासहरूको योजना बनाउन र कार्यान्वयन गर्न सक्षम बनाउने बिश्वास लिनुपर्नेमा जोड दिनुभयो । 

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x