१२ मंसिर २०८३, शुक्रबार

सुरक्षा परिषद् बैठकमा गोप्य रणनीति बुन्दै ओलि

एसीपी संवाददाता

११ फाल्गुन २०७७, मंगलवार ११:२४ मा प्रकाशित

प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको पछिल्लो सुरक्षा अवस्थाको बारेमा जानकारी लिनुभएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा  बसेको राष्ट्रिय सुरक्षा परिषद्को बैठकमा उहाले मुलुकको समग्रह सुरक्षा अवस्थाक बारेमा जानकारी लिनुभएको हो । प्रधानमन्त्री ओली सरकारले घोषणा गरेको निर्वाचनको मिति नजिकिदै जाँदा मुलुकको सुरक्षा अवस्थालाई मजबुद बनाउन पनि निर्देशन दिनुभएको बुझिएको छ ।

 त्यस्तै प्रतिवन्धीत बिप्लव समूहको गतिविधीका बारेमा पनि उहाले जानकारी लिनुभएको बताइएको छ । बैठकमा अर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री रामबहादुर थापा समेत सहभागी हुनुहन्थ्ये ।  समग्र राष्ट्रिय हित, सुरक्षा र प्रतिरक्षा सम्बन्धी नीति तर्जुमा गर्न तथा नेपाली सेना परिचालन वा नियन्त्रणका लागि सरकारलाई सिफारिस गर्न प्रधानमन्त्रीको अध्यक्षतामा राष्ट्रिय सुरक्षा परिषद् रहने संवैधानिक प्रावधान छ ।

 सुरक्षा परिषदको बैठक यसअघि गत कात्तिक ५ गते बसेको थियो । सुरक्षा परिषद् पछि बालुवाटारमा नै प्रधानमन्त्री ओली र प्रधानसेनापति पूर्णचन्द्र थापाबीच एकघण्टा छलफल भएको थियो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x