११ मंसिर २०८३, बिहीबार

सूर्य चिन्ह लिएर जनतामाझ नेकपा जाने-उपप्रधानमन्त्री पोख्रेल

एसीपी संवाददाता

१२ पुष २०७७, आईतवार ०२:१७ मा प्रकाशित

उपप्रधानमन्त्री एवं नेकपा नेता इश्वर पोखरेलले सूर्य चिन्ह लिएर जनतामाझ नेकपा जाने बताउनुभएको छ ।

शनिबार काठमाडौं क्षेत्र नंवर ५ को नेकपा अगुवा कार्यकता भेलामा उहाले ताजा जनादेश लिन सूर्य चिन्ह लिएर जनतामाझ नेकपा जाने बताउनुभएको हो ।

उहाले नेकपालाई फुट नभई बलियो बनाए लैजाने तर्क पनि गर्नुभयो । पार्टी बिभाजन जनताको म्यान्डेड नभएको भन्दै बिगतका उदेश्य पुरा गर्न पनि एकताबद्ध हुनुपर्ने उहाले बताउनुभयो ।

नेकपाभित्रका सदस्यलाई पूर्व एमाले वा पूर्व माओवादी भन्न नहुने भन्दै पोखरेलले नेकपा भएर अगाढी बढ्नुपर्ने उल्लेख गर्नुभयो ।

पोखरेलले भाग पाउने लोभले अर्को समूहमा जाने प्रवृती त्याग्नुपर्ने भन्दै पार्टीका लागी लड्नेहरुलाई निराश नपार्ने बताउनुभयो ।

आफु मन्त्रीपरिषद्को कार्यालयमा रहेको भन्दै उहाले ठूला–ठूला आयोजनाको अनुगमन आफुले गर्नुपर्ने धारणा राख्नुभयो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x