स्थानीय फेरि आन्दोनमा उत्रिए
फाइल
ललितपुरको सुनाकोठी–चापागाउँ सडक धुलाम्य भएको वर्षौं भइसक्दा पनि सडक कालोपत्रे नगरिएको भन्दै स्थानीय फेरि आन्दोनमा उत्रिएकाछन् ।
नेवाज् क्लब र स्थानीयहरुले संयुक्त रुपमा सडक बनाउन दबाब दिदै आइतबार बिहानैदेखि सडक अवरुद्ध गरेका हुन ।
सुनाकोठी, ठेचो, चापागाउँ सडक खण्ड विस्तारको गर्ने भन्दै भत्काइए पनि ठेकेदारले वर्षौंसम्म सडक अलपत्र छाडेपछि स्थानीयले गत वर्ष सडक नै अवरुद्ध गर्दै विरोध प्रदर्शन गरेका थिए।
पछि सडक खुलाउने विषयमा सहमति भएपनि हालसम्म सडक निर्माण हुन सकेको छैन। सहमति भएको एक वर्ष पुगिसक्दा पनि सडक कालोपत्रे नभएपछि बाध्य भएर आन्दोलनमा उत्रिएको स्थानीयले बताएकाछन् ।
सडक भत्काएको वर्षैासम्म पनि सडक निर्माण सम्पन्न नभएका कारण सडकको धुलो र धुवाले आफूहरु आजित बनेको उनीहरुले गुनासो गरेकाछन । त्यस्तै यसअघि वार्ता मार्फत माग सम्बोधन गर्ने सम्झौता भएपनि माग सम्बोधन नभएको भन्दै उनीहरुले यसपटक कुनै पनि वार्तामा नबस्ने र सडक कालोपत्रे नभएसम्म आन्दोलन गर्ने अडान लिएकाछन् ।
२०७१ सालमा ललितपुरको सातदोबाटोदेखि चापागाउँको टाहाखेलसम्मको सडक दायाँबायाँ ११÷११ मिटर फराकिलो बनाउने गरी ठेक्का सम्झौता भएको थियो। सडक निर्माणको ठेक्का शारदा अधिकारीको शैलुङ कन्स्ट्रक्सनले पाएको थियो ।
सडक फराकिलो बनाउने भन्दै कतिपय स्थानमा घर र अन्य संरचना भत्काइएको छ । तर मुआब्जा विवादका कारण सडक निर्माण सम्पन्न हुन सकेको थिएन। मुआब्जा पनि नदिने र भत्किएको सडक पनि नबनाएर आफ्नो स्वास्थ्यसँग खेलवाड गरेको भन्दै स्थानीयहरु पुनः सडकमा उत्रेका हुन्।


