३२ असार २०८३, बिहीबार

स्वास्थ्य सेवा प्रदायकलाई २ दिने प्रशिक्षण सम्पन्न

एसीपी संवाददाता

८ फाल्गुन २०८१, बिहीबार १९:३४ मा प्रकाशित

बर्दिया – बर्दियाको बढयाताल गाउँपालिका अन्तर्गत ९ वटै वडाका स्वास्थ्य चौकी प्रमुख, प्रतिनीधी तथा स्वास्थ्य सेवा प्रदायकका लागि २ दिने प्रशिक्षण सम्पन्न भएको छ। 
स्वास्थ्य सेवालाई सरल र व्यवस्थ्यित बनाउका लागी प्लान इन्टरनेसनल र बाँके यूनेस्को क्लब वर्दियाको  सयुक्त साझेदारीमा शसक्त बालिका परियोजना अन्तर्गत सो कार्यक्रम सञ्चालन गरियको हो ।
स्वास्थ्य सेवा प्रदान गर्दा अपाङ्गमैत्री, किशोरकिशोरी मैत्री सेवा, किशोरी हरुको यौन तथा प्रजनन स्वास्थ्य अधिकारका साथै यौन तथा प्रजनन स्वास्थ्य सेवामा पहुच, नीती निर्देशिका वारे जानकारी गराउने उद्देश्यले संचालित कार्यक्रममा स्वास्थ्य शाखा , स्वास्थ्य चौकि तथा आधारभूत स्वास्थ केन्द्रका २० जनाको सहभागिता रहेको थियो ।
प्रशिक्षण कार्यक्रममा सबै नागरिककहरु स्वास्थ्य सेवा बाट बञ्चित हुन नपरोस , सेवा लिन आएका विरामीहरु सुरक्षीत र भय रहीत बातावरणमा उपचार पाउनु का साथै स्वास्थ्यकर्मी र स्थानियविच एक अर्कामा सहकार्य गर्ने वातावरण निर्माण, किसोर किसोरी मैत्री स्वास्थ्य सेवा ,किशोरी माथि हुने हिंशा ,बाल विवाहको कारण,असर र रोकथामका लागि स्वास्थ्य संस्थाको भूमिका का बारेमा प्रशिक्षक कमल भट्टराइले सहजीकरण गर्नु भएको थियो । 
कार्यक्रममा प्रमुख अतिथी पालिकाका प्रमुख हिमालय त्रिपाठीले नेपाल सरकारले दिएको मापदण्ड तथा निती निर्देशनमा रही सबै स्वान्थ्यकर्मीले काम गर्नु पर्ने बताउनु भयो। उहाले किशोरीमैत्री सेवा प्रवाह गर्न स्वास्थ्य संस्थाहरुले योजना बनाउनु पर्ने सुझाव दिनु भयको थियो ,कार्यक्रमको समापन सत्रमा बोल्दै पालिकाका उपाध्यक्ष्य लक्ष्मी अधिकारीले किशोर किशोरी मैत्री स्वास्थ्य सेवामा पहुच बृधि गर्नका लागि योजना अनुरुप कार्य गर्ने साथै समुदाय स्तरमा सचेतना मुलक कार्यक्रम संचालन गर्नुपर्ने मा जोड दिनू भयको थियो ।
तालिमको अन्त्यमा किशोर किशोरी तथा अपांगता मैत्री स्वास्थ्य सेवा लाइ चुस्त दुरुस्त बनाउनुका साथै सेवा पहुच बढाउन कार्ययोजना समेत निर्माण गरियको छ ।
कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख बिष्णु पौडेल , रमेश पौडेल बाँके युनेस्को क्लबका कार्यक्रम अधिकृत इश्वोर बिक र फिल्ड कर्मचारी राम बहादुर थारुको समेत उपस्थिति रहेको थियो । 

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x