हमास ईस्लामिक जिहाद , अस्पताल मुनि सुरुङ र हतियारको भण्डार
एजेन्सी – अस्पताल मुनि सुरुङ, हतियारको भण्डार रहेको खुलासा भएको छ । इजरायलपछि अमेरिकी गुप्तचर निकायले हमासको पर्दाफास गरेको हो । बिश्वका मुस्लिम देशहरूले अस्पतालमा इजरायल किन हमला गरेको भन्दै सोधेको प्रश्नको जवाफ मिलेको छ ।
अमेरिकी रक्षा मन्त्रालयका प्रवक्ताले हमास र प्यालेस्टिनी इस्लामिक जिहादको बारेमा अमेरिकी गुप्तचर संस्थाले उक्त जानकारी दिएको हो । पेन्टागनका डेपुटी प्रेस सेक्रेटरी सबरीना सिंहले भने, ‘हामास र प्यालेस्टिनी जिहादले गाजा स्ट्रिपका केही अस्पतालहरू आफ्नो सैन्य कारबाही लुकाउन र बन्धक राख्न प्रयोग गरिरहेको जानकारी हामीसँग छ । “अल शिफा अस्पताल पनि यसमा समावेश छ।
अमेरिकी रक्षा मन्त्रालयका प्रवक्ताले हमास र प्यालेस्टिनी इस्लामिक जिहादको बारेमा अमेरिकी गुप्तचर मूल्याङ्कनको जानकारी दिएको हो । पेन्टागनका डेपुटी प्रेस सेक्रेटरी सबरीना सिंहले भने, ‘हामास र प्यालेस्टिनी जिहादले गाजा स्ट्रिपका केही अस्पतालहरू आफ्नो सैन्य कारबाही लुकाउन र बन्धक राख्न प्रयोग गरिरहेको जानकारी हामीसँग छ । अल शिफा अस्पताल पनि यसमा समावेश छ। उनले भने, अस्पताल मुनि सुरुङ छन् । हमास र PIJ सदस्यहरूले गाजा शहरको अल शिफा अस्पतालबाट कमाण्ड र कन्ट्रोल नोड सञ्चालन गर्छन्, त्यहाँ हतियारहरू छन्, र त्यहाँ इजरायली सैन्य अपरेशनहरूको जवाफ दिन तयार छन्।


