१७ मंसिर २०८०, आईतवार
हात्तीपाईले औषधी सेवन अभियान बारे अन्तरक्रिया

माघ २१ गते । नेपालगन्जको वडा नम्बर ४ कार्यालयमा हात्तीपाईले औषधी सेवन अभियानको अन्तरक्रिया कार्यक्रम भएको छ।
मंगलवार वडा अध्यक्ष मो. सफिक बेहनाको अध्यक्षतामा सम्पन्न भएको अन्तरक्रिया कार्यक्रममा हात्तीपाईले बिरुद्धको औषधी सेवन कसरी गराउने भन्ने बारेमा छलफल भएको छ।
अन्तरक्रिया कार्यक्रममा अध्यक्ष बेहनाले वडाका स्वास्थ्यकर्मी लगायत स्वयमसेबिकाहरुलाई आम नागरिकहरुलाई कसरी बुझाएर हुन्छ, अनिबार्य हात्तीपाईले बिरुद्दको औषधी खुवाउन सुझाब दिएका छन् । वडा नम्बर ४ मा सतप्रतिशत जनताले औषधी सेवन गरेको हेर्न चाहेको अध्यक्ष बेहनाले बताएका छन् ।हात्तीपाईले बिरुद्धको औषधी सेवन गरेर रोगबाट बचिने हुँदा समस्त वडाबासीहरुलाई औषधी सेवन गर्न आग्रह गरेका छन् । माघ २५ गते सबैभन्दा पहिले आफुले औषधी सेवन गरेर आमनागरिकहरुलाई सेवन गराउने अध्यक्ष बेहनाले बताए।
Subscribe
Login
0 Comments