३२ असार २०८३, बिहीबार

हारुन हल्वाईकोे अध्यक्षता ७२ सदस्यीय केन्द्रीय कार्यसमिति सर्वसम्मत रूपमा निर्वाचित

एसीपी संवाददाता

२१ बैशाख २०८२, आईतवार २३:४४ मा प्रकाशित

नेपालगञ्ज :  नेपाल मुस्लिम इत्तेहाद संगठनको ७औ राष्ट्रिय महाधिवेशनबाट नेपालगञ्जका मोहम्मद हारून हलवाईको अध्यक्षमा नया कार्यसमिति चयन भएको छ ।

हल्वाईकोे अध्यक्षता ७२ सदस्यीय केन्द्रीय कार्यसमिति सर्वसम्मत रूपमा निर्वाचित भएको निर्वाचन समितिका संयोजक प्रमोद धितालले जानकारी दिए ।

नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले २० गते शनिबार उद्घाटन गरेको महाधिवेशनको बन्द सत्र तथा निर्वाचन आईतबार सम्पन्न भएको थियो ।

संगठनको केन्द्रीय उपाध्यक्षमा तैयव हुसेन र साजिदा सिद्धिकी, महासचिवमा राजमोहम्द अन्सारी, उपमहासचिव जबुल मियाँ, सचिव (अर्थ) अब्दुल करिम खाँ, (संगठन) हलिम साह, (विदेश) सुलेमान मियाँ, (प्रचार) रियासत लिमी निर्वाचित भएका छन ।

महाधिवेशनले अनुशासन आयोग, लेखा आयोग, निर्वाचन आयोग र सल्लाहकार परिषद् निर्वाचित गरेको जनाएको छ । हेर्नुस निर्वाचन समितिले उपलब्ध गराएको नामावली

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x