हावाहुरिले गर्दा महोत्सवमा आयोजक लाई लाखौं क्षती,कलाकार दिन भर होटलमा

२३ फाल्गुन, बाँके । विश्वभर संक्रमणको रुपमा रहेको कोरोना भाइरसको जोखिमका बाबजुत पनि नेपालगन्जमा जारि “दोस्रो नेपालगन्ज महोत्सव २०७६” मा हावाहुरिले गर्दा महोत्सवमा आयोजक लाई लाखौं क्षती भएको छ ।
एजी सर्भिसले आयोजना गरेको महोत्सवको तेस्रो दिन शुक्रबार चर्चित नायक पल शाह, नायिका पुजा शर्मा, निर्देशम सुदर्शन थापा, कलाकार शोभित बस्नेत, गायक चन्द्र शर्मा लगायतले प्रस्तुति गर्ने कार्यक्रम रहेकोको थियो । दिन भरको झरीका कारण आयोजकले शुक्रबारको कार्यक्रम स्थगित गरेको छ । स्थानीय कलाकारहरुले प्रस्तुति गरेपछी शाह लगायत को प्रस्तुति रहेको मा पानी नरोकिए पछि कार्यक्रम नै स्थगित भएको छ । कार्यक्रम स्थल पुरै पानी जमेको छ । सो पानी सुक्न करिब १० दिन जति लाग्ने छ । हावापानीले गर्दा बार नै ढलेको छ ।
एजी सर्भिस प्रालिको आयोजनामा फागुन २१ गतेदेखि महोत्सव जारी छ ।