हिन्दु महिलालाई ईस्लाम कबुल गराउने अभियान मै जकिर नाईक
केआरबि शर्मा – एजेन्सी न्युज – “भगौडा जाकिर नाइक ओमान सरकारको निमन्त्रणामा दुई धार्मिक व्याख्यान दिन मस्कटमा छन्। भारतमा मनी लान्ड्रिंग र घृणित भाषणको धेरै आरोपहरूको सामना गरिरहेका जाकिर नाइकले ओमानमा पनि भारत र हिन्दु धर्म विरुद्ध प्रवचन दिएका छ्न । एक हिन्दू महिलालाई धर्म परिवर्तन गर्दै उनले भारतका बहुसंख्यक हिन्दूले मलाई माया गर्ने तर यसले भोट बैंकमा समस्या सिर्जना भएको बताउदै झुठो प्रचार गरि रहेको हुन ।
जाकिरले २३ मार्चमा ओमान सम्मेलनमा आफ्नो पहिलो प्रवचन शुरु गरेका थिए । यसै क्रममा जाकिर नाइकले एक हिन्दू महिलालाई धर्म परिवर्तन गराए । भारतबारे पनि टिप्पणी गरे । मस्कटमा आफ्नो भासणको क्रममा जाकिर नाइकले आरती नामक भारतीय हिन्दू महिलालाई इस्लाम धर्ममा परिवर्तन गरे। यसै क्रममा जाकिरले केही पढ्छन् र महिलालाई दोहोर्याउन आग्रह गर्छन् । नाइकले महिलालाई भने, ‘अहिले तिमी इस्लाम धर्ममा परिणत भएको छौ । तिमी अहिले पापरहित छौ। म चाहन्छु कि तपाईं आफ्नो परिवारका अन्य मानिसहरू र साथीहरूलाई इस्लाम स्वीकार गर्नको लागि माध्यम बन्नुहोस्।
मस्कटमा आफ्नो धार्मिक भासणको क्रममा, जाकिर नाइकले भने कि 2018 मा एक मुद्दामा, ईडीले उनको सम्पत्तती भारतमा रोक्का गरेको र थप गर्ने तयारी गरिरहेको थियो, जबकि मुद्दाको सुनुवाइको क्रममा, एक सिख न्यायाधीशले भनेका थिए कि उनले भाषणहरूमा आपत्तिजनक केहि फेला पारेनन्। जाकिरले भने कि सौभाग्यवश सिख न्यायाधीशले मेरो धेरै भाषण हेरे। उनले सरकारी वकिललाई भने कि जाकिरले आतंकवादलाई बढावा दिइरहेको कुनै त्यस्तो भाषण मलाई बताइदिनुस् । यदि यस्तो भयो भने, म उनको सबै सम्पत्ति जफत गर्नेछु।” तर जकिर नाईक हिन्दु धर्म बिरोधका गर्दै आएको र धर्म परिवर्तन गराउने अभियान नै थालेका हुन ।


