२ श्रावण २०८३, शनिबार
३३ बर्ष पछि आत्मसमर्पण
नेपालगन्ज : लुम्बिनी प्रदेशका सांसद धनबहादुर केसी कारागार चलान भएका छन्। रुकुम जिल्ला अदालत पुगेर केसीले आइतबार दिउँसो आत्मसमर्पण गरेको श्रेस्तेदार इश्वरी सुवेदीले जानकारी दिए।
उनलाई आइतबार नै कारागार चलान गरिएको उनले बताए । ‘उहाँको २०४८ सालतिरको मुद्धा रहेछ। खाज अदालत आएर आत्मसमर्पण गर्नुभएको थियो । उहाँलाई आज नै करागार चलान गरिएको छ,’ सुवेदीले भने ।
साविक रुकुम जिल्ला अदालतले केसीलाई श्रीमतीसँगको अंश मुद्दामा कीर्ते गरेको अभियोगमा २०४८ साल असार ९ गते दोषी ठहर गरेको थियो।अदालतले एक वर्ष कैद र दुई हजार जरिवानाको फैसला सुनाएको थियो। त्यसयता उनी फरारको सूचीमा रहँदै आएका थिए।
Subscribe
Login
0 Comments



