१४ आश्विन २०८३, बुधबार

अदालतको चार किल्लाभित्र न्यायको हत्या नहोस्-गगन

एसीपी संवाददाता

१४ पुष २०७७, मंगलवार ११:०७ मा प्रकाशित

नेपालगन्जमा आयोजित सभालाई १३ गते सम्बोधन पस्चात मंगलवार पत्रकार सम्मेलनमा नेपाली कांग्रेसका केन्द्रिय सदस्य गगन थापाले प्रधानमन्त्री केपी ओलीले संविधानको हत्या गरे पनि अदालतको चार किल्लाभित्र न्यायको हत्या नहोस् भन्ने चिन्ता कांग्रेसको रहेको छ भन्नू भयो ।

नेपाल प्रेस युनियन बाँकेको आयोजनामा आज मंगलबार नेपालगञ्जमा भएको पत्रकार सम्मेलनमा पुर्ब स्वास्थ मन्त्री एवम् युवा नेता थापाले अब कांग्रेसको अपेक्षाको नजर अदालततिर रहेको बताउनुभयो । “अदालतले न्यायको हत्या नगरोस्, विवेक नगुमाओस्,” थापाले भन्नुभयो । संविधानमा हुँदै नभएको व्यवस्थालाई टेकेर गरिएको संसद् विघटन असंवैधानिक भएकाले पुनःस्थापनाको विकल्प नरहेको उहाँको भनाइ थियो । अहिले देश भर नागरिक अगुवा समेत बिरोध प्रदर्सनमा उतरेका छ्न ।

पुनःस्थापित संसद्धारा संविधान हत्याको कुचेष्टा गर्ने राष्ट्रपतिको हिसाबकिताब गरिने पूर्वमन्त्री समेत रहनुभएका थापाले चेतावनी दिनु भयो । संवैधानिक निकायमा भएको नियुक्ति असंवैधिानक भएकाले कांग्रेसले सार्वजनिक रुपमा अस्विकार गर्नुपर्ने थापाले बताउनुभयो । नेता थापाले अदालतले राज्य शक्तिको आडमा जनमुखी फैसा नगरे देशको स्थिति भयाबह हुने बताउनु भयो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x