१२ मंसिर २०८३, शुक्रबार
अध्यगमन विरुद्ध महिलाहरुको प्रदर्शन
अध्यागमन विभागले ४० वर्षमुनिका महिला एक्लै विदेश जाँदा परिवार र वडाको सिफारिस चाहिने निर्णय गर्न लागेको भन्दै बिभाग अगाडी विरोध प्रदर्शन भएको छ ।
बिहीबार सरोकारवालाहरुले विभाग कार्यालयअगाडि प्रदर्शन गरेका हुन् । उनीहरुले पुरुष र महिलालाई भेदभाव गर्न लागिएको भन्दै सिफारिसको व्यवस्था हटाउनुपर्ने माग गरेका छन् । यता विभागले भने आन्तरिक छानबिन कार्यदलबाट सुझाव आएको तर हालसम्म कुनै निर्णय नभएको स्पष्ट पारेको छ।
विभागले विज्ञप्ति जारी गर्दै खाडी र अफ्रिकी मुलुकजस्ता जोखिम सम्भाव्य मुलुकमा पहिलोपटक एक्लै यात्रा गर्ने महिलाको लागि सिफारिस आवश्यक पर्ने सुझाव आएको उल्लेख गरिएको छ । त्यस्तै, आफ्नो यात्राबारे सामान्य जानकारीसमेत नभएका महिलाको लागि परिवार र वडाको सिफारिस आवश्यक पर्न सक्ने आन्तरिक छानबिन कार्यदलले सुझाव दिएको पनि विभागले जनाएको छ ।
Subscribe
Login
0 Comments


