अनियमिता भएको भन्दै कारवाही गर्न अख्तियारलाई पत्र
प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिले वैज्ञानिक वन व्यवस्थापनको नाममा अनियमिता गर्नेलाई कारवाही गर्न अख्तियारलाई पत्र पठाउने निर्णय गरेको छ ।
सिंहदरबारमा बिहीबार बसेको समिति बैठकले बैज्ञानिक वन व्यवस्थापन कार्यक्रम सम्बन्धी उपसमिति बुझाएको प्रतिवेदनमाथि छलफल गर्दे अख्तियारलाई पत्र पठाउने निर्णय गरेको हो । त्यस्तै बैठकले अनियमित रुपमा काटिएर अलपत्र रहेका काठहरु व्यवस्थीत रुपमा बिक्रिबितरण गर्न निर्देशन दिएको छ । त्यस्तै चूरे लगाएत संरक्षित वन क्षेत्रमा लागू गरेको वैज्ञानिक वन व्यवस्थापन कार्यविधिलाई सो क्षेत्रमा निषेध गर्ने निर्णय गरिएको समिति सचिव रोजनाथ पाण्डेले जानकारी दिनुभयो । बैठकमा समिति सदस्यहरुले वैज्ञानिक वन व्यवस्थापनको नाममा अनियमितता गर्नेलाई कारवाही गर्नुपर्ने बताएका थिए । उनीहरुले वैज्ञानिक वन व्यवस्थापनको नाममा काटिएर अलपत्र रहेका काठहरुलाई बर्षायाम अघि नै व्यस्थापन गर्नुपर्ने धारणा पनि राखेका थिए ।


