४ श्रावण २०८३, सोमबार
अनेरास्ववियुका कोहलपुर संयोजक (मानव) माथी अपरिचित ब्याक्तीद्वारा खुकुरी प्रहार
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को विद्यार्थी संगठन अनेरास्ववियुका जिल्ला कमिटी सचिवालय सदस्य तथा कोहलपुर नगरपालिका संयोजक लक्ष्मण आचार्य (मानव) माथि खुकुरी प्रहार भएको छ ।
बुधवार राती करिब १० बजेतिर कोहलपुर नगरपालिकाको कार्यलय नजिक उनीमाथि खुकुरी प्रहार भएको हो । नेपालगञ्जबाट फर्किएर घर जाने क्रममा आफुमाथि अपरिचित समुहले हमला गरी टाउकोमा खुकुरी प्रहार गरेको मानवले बताएका छन् ।
आक्रमणबाट टाउकोमा चोट लागेका उनको स्वास्थ्यस्थिती समान्य रहेको छ ।
Subscribe
Login
0 Comments


