२८ श्रावण २०८३, बिहीबार

अनेरास्ववियूद्वारा काठमाडौँमा लाल्टिन जुलुस प्रदर्शन

एसीपी संवाददाता

२२ पुष २०७७, बुधबार ०९:०७ मा प्रकाशित

नेकपाको प्रचण्ड–नेपाल पक्ष निकट विद्यार्थी संगठन अनेरास्ववियूले काठमाडौँमा लाल्टिन जुलुस सहित प्रदर्शन गरेको छ ।

नेपालमा राजनितिक हस्तक्षेप र गुप्तचरहरुको सक्रियता


पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल नेतृत्वको नेकपाको भ्रातृ संगठन अनेरास्ववियूले प्रतिनिधिसभा विघटनको विरुद्धमा दोस्रो चरणको आन्दोलनका कार्यक्रम अन्तर्गत बुधबार काठमाडौमा लाल्टिन जुलुस सहित प्रदर्शन गरेको हो ।

प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध अनेरास्ववियूले दिउँसै लाल्टिन जुलुस निकालेको हो । बुधबार माइतीघरबाट सुरु भएको लाल्टिन जुलुस नयाँ बानेश्वरसम्म पुगेको थियो। दिउँसै निकालिएको लाल्टिन जुलुसमा सहभागीहरुले निधारमा कालो पट्टी बाँधेका थिए । प्रदर्शनमा आयोजित कोण सभामा बोल्दै अनेरास्ववियूका सहसंयोजक रञ्जित तामाङले नेपालीहरुले बनाएको नेपालको संविधानमा प्रधानमन्त्रीलाई संसद विघटन गर्ने कुनै अधिकार नदिएकाले समयमा नै आफ्नो गल्ती सच्याउन आग्रह गर्नुभयो । उहाँले प्रधानमन्त्री ओलीले आफ्नो गल्ती नसच्याए ओली सरकारका काम चलाउ मन्त्रीहरुलाई जनताको बीचमा अनुहार देखाउन नमिल्ने गरी कालो मोसो लगाउने चेतावनी दिनुभयो । उहाँले ओलीले गरेको कू कुनै पनि हालतमा वैधानिक हुन नसक्ने भन्दै असंवैधानिक कदम सच्याउन आग्रह गर्नुभयो ।

त्यस्तै अनेरास्ववियूका नेता सुदेश पराजुलीले संविधानमा नभएको धारामा टेकेर प्रधानमन्त्री ओलीले संसद विघटन गरेकाले नेपालको संविधानमा प्रधानमन्त्रीलाई संसद विघटन गर्ने अधिकार छैन भन्ने सन्देश दिन दिउँसै लालटिन बालेर प्रदर्शन गरिएको बताउनुभयो ।

प्रदर्शनमा पूर्वमन्त्री योगेश भट्टराई लगायतको सहभागिता रहेको थियो । अनेरास्ववियूले मन्त्रीहरुलाई कालोझण्डा देखाउनेदेखि बयलगाडा प्रदर्शन गरेर प्रधानमन्त्रीको पुत्ला जलाउनेसम्मका आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x