२४ आश्विन २०८३, शनिबार

अनेरास्ववियूद्वारा संसद बिघटनको पक्षमा काठमाडौंमा प्रदर्शन

एसीपी संवाददाता

१९ पुष २०७७, आईतवार ०९:४६ मा प्रकाशित

नेकपा ओली समूहका अनेरास्ववियूले संसद बिघटनको पक्षमा काठमाडौंमा प्रदर्शन गरेका छन् ।

काठमाडौंका विभिन्न कलेजबाट माइतीघर मण्डलामा भेला भएका विद्यार्थीहरुले नाराजुलुससहित प्रदर्शन गरेका हुन् । मण्डलाबाट कार्की ब्याङ्क्वेटसम्म सडक प्रदर्शन भएको थियो ।

थरुहट आन्दोलनलाई गति दिन थरुहट नेता सुरेन्द्र चौधरीको नेतृत्व अग्रसर

उनीहरुले प्रधानमन्त्री ओलीले चालेको कदमको समर्थनमा नारा लगाएका थिए भने अखिल र सूर्य चिन्ह अंकित झण्डाका साथ प्रदर्शनमा सहभागी भएका उनीहरुले प्रचण्ड र माधव नेपालको विरुद्धमा नारावाजी गरेका थिए ।

सरकार र पार्टी सञ्चालनमा अवरोध भएका कारण  ताजा जनादेशमा जान गरिएको संसद बिघटन जायज भएको प्रदर्शनमा सहभागीहरुको भनाई छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x