१६ भाद्र २०८३, मंगलवार

अबैध हतियार सहित ४ जना पक्राउ

एसीपी संवाददाता

१४ बैशाख २०८२, आईतवार १८:४८ मा प्रकाशित

नेपालगंज – जिल्ला बाँके नेपालगंज उपमहानगरपालिका १२ स्थित जिल्ला बाँके नेपालगंज उपमहानगरपालिका १ बस्ने वर्ष ४० को विश्व बिजय पोख्रेल, ऐ. ऐ.१८ बस्ने वर्ष ३० को विशाल आउजी, ऐ.ऐ.४ बस्ने वर्ष २१ को अस्मित मल्ल र ऐ.ऐ.बस्ने वर्ष २० को सौगात श्रेष्ठहरुले नमस्ते दोहरीबाट बाहिर निस्की साथमा बोकेको पेस्तोलबाट गोली पड्काई बा ४ च ३०७१ नम्बरको कार प्रयोग गरी नेपालगंज उपमहानगरपालिका १८ स्थित बिशालनगर चोकमा भैरहेको नाईट क्रिकेट प्रतियोगितामा पुगी खेल भइरहेको स्थानमा हुल हुज्जत गर्दै खुकुरी देखाएर खेल भइरहेको स्थानमा उपस्थित मानिसहरुलाई आतंकित बनाउनुका साथै पेस्तोलबाट गोली पड्काई भागेकोमा निजहरुलाई पिछा गर्दै जादा जिल्ला बाँके कोहलपुर नगरपालिका १० हाई स्कुलबाट नियन्त्रणमा लिई आवश्यक अनुसन्धान एवं कारवाही प्रक्रिया अगाडी बढाईएको छ ।

4 1 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x