१३ असार २०८३, शनिबार

अभियानको दोस्रो दिन देशभरी २८ हजारभन्दा बढीले (कोभिड १९) विरुद्धको खोप लगाए

एसीपी संवाददाता

१५ माघ २०७७, बिहीबार १८:३८ मा प्रकाशित

खोप अभियानको दोस्रो दिन नेपाल भरी २८ हजारभन्दा बढीले कोरोना कोभिड १९ विरुद्धको खोप लगाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । । विज्ञप्ती जारी गर्दै मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले ७७ जिल्लामा कुल २८ हजार ७३२ जनाले खोप लगाएको जानकारी दिएका हुन् ।नेपाल लाई भारत सरकारबाट आएको १० लाख डोजका खोप पहिलो चरणमा स्वास्थ्यकर्मी, अग्रपक्तिमा रहेका हरुलाई प्राथमिकतामा राखी खोप लगाउने अभियान शुरु भएको छ ।

पहिलो दिन स्वास्थ्य कर्मी प्रदेश १ मा पहिलो पटक कोसी अस्पताल विराटनगरका मेडिकल सुपरीटेण्डेन्ट डाक्टर चुमनलाल दास र वरिष्ठ फिजिसियन डाक्टर दीपक सिग्देलले खोप लगाएका थिए । देशभर अभियान सुरु भएसँगै उनीहरुले खोप लगाए ।यस्तै गण्डकीमा पहिलो कोरोना संक्रमित देखिएको १० महिना पुग्नुभन्दा अघिल्लो दिन कोभिड–१९ विरुद्धको खोप कोभिशिल्ड लगाउने अभियान सुरु भएको छ ।

पहिलो चरणमा खोप लगाउन लागेकाले यसले कतिको काम गर्छ भनेर परीक्षणका लागि पठाएको भन्दै शंका उपशंका भइरहेको छ । डा . मोनीलाई पनि गाउँ, छिमेक र परिवारलेसमेत पहिले खोप नलगाउन भनेका थिए । तर, बुधबार डा। मोनीले अग्रपंक्तिमै बसेर कोभिसिल्ड खोप लगाएकी छन् ।

बिहीबार दोस्रो दिन प्रदेश १ मा ३ हजार ८ सय ४७, प्रदेश २ मा २ हजार १ सय ७४, वाग्मती प्रदेश मा ११ हजार ४ सय ६१, गण्डकी प्रदेशमा ४ हजार ८५३, लुम्बिनी प्रदेशमा २ हजार ३ सय ३, कर्णाली प्रदेशमा १ हजार ६ सय ७७ र सुदूरपश्चिम प्रदेशमा २ हजार ४ सय १७ जनाले खोप प्राप्त गरेका छन् । यस्तै खोपको पहिलो दिन ९ हजार ८४ जनाले खोप लगाएका थिए ।

युरोपेली मुलुकहरूमा कोरोनाभाइरसविरुद्धको खोप आपूर्तिमा समस्या

नेपाल-भारतको ‘छिमेकी     पहिलो’नीतिको अग्रपंक्ति र कोभिड–१९ विरुद्ध खोप अभियानको प्राथमिक हिस्सेदार

बुधबारदेखि सुरु भएको खोप अभियानअन्तर्गत देशभरका ३०० खोप केन्द्रहरुमार्फत स्वास्थ्यकर्मी, सरसफाईकर्मी, एम्बुलेन्स चालकलगायत अग्रपंक्तिमा खटिने सेवा प्रदायकलाई आगामी १० दिनभित्र करिब ४ लाख ३० हजार व्यक्तिहरुलाई खोप लगाउने सरकारको लक्ष्य छ ।
भारत सरकारले सहयोग गरेको कोरोना बिरुद्धको खोप उत्पादनकर्ता बिश्वको सबै भन्दा धेरै खोप उत्पाद गर्ने कम्पनि रहेको छ ।


सिरम इन्स्टिच्युड कोभिसिल्डबाहेक कुन–कुन खोप बनाएको छ ?

कोरोना भाइरसविरुद्धको खोप कोभिसिल्ड उत्पादन गरेको सिरम इन्स्टिच्युड अफ इन्डिया प्राइभेट लिमिटेडले वर्षौँदेखि देश–विदेशका बालबालिकाको जीवन बचाउने खोप विकास गर्दै आइरहेको छ । यो कम्पनीले सर्पको विष काट्ने खोप, डिप्थेरिया, टिटानस ९डिपिटी०, बिसिजी, दादुरा, रुबेला, रोटा भाइरस, हेपाटाइटिस ‘बी’लगायतको खोप उत्पादन गर्दै आएको छ । अहिले पछिल्लो समयमा आएर कोरोना भाइरसविरुद्धको खोप उत्पादन गरी यसले भारत सरकारलाई प्रदान गर्न थालेको छ ।

2
0
Would love your thoughts, please comment.x
()
x