अमेरिका संग हतियार नियन्त्रण सम्झौता नगर्ने चिनको निर्णय
एजेन्सी – चीनलेबअमेरिकाले ताइवानलाई हतियार बेचेको आरोप लगाएको छ ।
चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले अमेरिकाले स्वशासित ताइवानलाई निरन्तर हतियार उपलब्ध गराउँदै आएको बताए । जियानका अनुसार अमेरिकाले ताइवानलाई लगातार घातक हतियार बिक्री गरिरहेको छ । चीनले ताइवानलाई विद्रोही राष्ट्र घोषणा गरेको छ । चीनले ताइवान कब्जा जमाएको दाबी गर्दै आएको छ । चीनले बल प्रयोग गरे पनि ताइवानलाई मुख्यभूमिमा गाभ्नुपर्ने बताएको छ ।
‘यो अवस्थाका लागि अमेरिका जिम्मेवार छ’
लिन जियान त्यहाँ मात्रै रोकिएनन्। उनले अमेरिकाले दुई देशबीचको हतियार नियन्त्रण वार्ताका लागि आवश्यक राजनीतिक वातावरणलाई गम्भीर रूपमा क्षति पु¥याएको बताए । यसअघि पनि चीनले विरोध गरेको उनले बताए । लिनले भने, ‘चीनले अमेरिकासँग हतियार नियन्त्रण वार्ता नगर्ने निर्णय गरेको छ । यो अवस्थाको लागि अमेरिका मात्र जिम्मेवार छ।’ चीनले वार्तामा अवरोध भएको स्पष्ट रूपमा अमेरिकालाई दोष दिएको छ।
‘अमेरिकाले चीनको आन्तरिक मामिलालाई सम्मान गर्नुपर्छ’
लिन जियानले यस विषयमा चीन अमेरिकासँग वार्ता जारी राख्न चाहेको पनि बताए। उनले अमेरिकाले दुई पक्षबीचको वार्ताका लागि चीनको आन्तरिक मामिलालाई पनि सम्मान गर्नुपर्ने बताए। यसरी दुवै पक्षबीच विचार आदानप्रदान हुन सक्छ। कोभिड प्रतिबन्धको अन्त्यपछि चीन र अमेरिकाबीच हतियार र आणविक कार्यक्रम नियन्त्रणका लागि वार्ता सुरु भएको थियो ।


