१५ भाद्र २०८३, सोमबार

अमेरिकी निर्णयले बंगलादेशको कपडा उद्योग अस्तव्यस्त, ४० लाख रोजगारी गुम्न सक्ने

एसीपी संवाददाता

५ श्रावण २०८२, आईतवार ०९:४८ मा प्रकाशित

अमेरिकाको यो निर्णयले बंगलादेशको खासगरि कपडा (गार्मेण्ट) उद्योग थला पर्न सक्ने आशंका गरिएको छ । किनकी बंगलादेश चीनपछि विश्वको दोस्रो सबैभन्दा धेरै कपडा निर्यात गर्ने देश हो । विश्वमा सबैभन्दा धेरै कपडा निर्यात गर्ने अन्य देशहरुमा चीन र बंगलादेशपछि क्रमशः भियतनाम, भारत, जर्मनी, टर्की आदी देशहरु हुन् ।

बंगलादेशले गत वर्ष ३८.४८ अर्ब डलरको कपडा निर्यात गरेको थियो ।

बंगलादेशको कपडा उत्पादन र निर्यातको क्षेत्रमा विश्वको तेस्रो ठूलो देश भियतनामसंग व्यापार सम्झौता गरे लगत्तै अमेरिकाले बंगलादेशी उत्पादनलाई ३५ प्रतिशत आयात कर लगाउने घोषणा गरेको छ । त्यसमाथि भारतसंग पनि अमेरिकाको व्यापारिक विवाद कायम छ । आएका अमेरिकी राष्ट्रपति ट्रम्पले भारतलाई रुसबाट पेट्रोलियम पदार्थ खरिद नगर्न चेतावनी दिंदै त्यसो नगरेमा गम्भिर परिणाम भोग्नु पर्ने चेतावनी दिइसकेका छन् । त्यो भनेको कपडा लगायतका भारतीय उत्पादनलाई अमेरिकी बजार प्रवेशमा अवरोध सृजना गर्नु हो ।

बंगलादेशको कुल कपडा निर्यातको ठूलो हिस्सा अमेरिकाले ओगटेको छ । २०२४ मा बंगलादेश र अमेरिकाबीच द्विपक्षीय व्यापार १०.६ अर्ब डलर भएको थियो । ती मध्ये बंगलादेशको अमेरिका निर्यात ८.४ अर्ब डलर छ र अमेरिकाबाट आयात २.२ अर्ब डलरको छ । अमेरिकासंग बंगलादेशको व्यापार नाफा ६.२ अर्ब डलरको छ । त्यो न्यायोचित नभएको र अमेरिकाले व्यापार घाटा सहन नसक्ने भन्दै राष्ट्रपति ट्रम्पले अतिरिक्त करको घोषणा गरेका हुन् ।

अमेरिकाको पछिल्लो निर्णयले बाङ्लादेशको अर्थव्यवस्थामा ठूलो असर पार्ने सम्भावना छ । त्यसैले बंगलादेशी सरकारले अमेरिकी निर्णयलाई विस्मयकारी र विनाशकारी भनेको छ ।

अमेरिकी घोषणा भएपछिको असरको मूल्यांकन गर्दै बाङ्लादेशको न्यूज वेबसाइट द बिजनेस स्ट्यान्डर्डले लेखेको छ—जब एक बाङ्लादेशी निर्यातकले १० डलरको पोलो शर्ट अमेरिका पठाउँछ, अमेरिकन खरिदकर्तालाई यो ११.१६ डलरमा पर्छ । किनकि अमेरिका १६ प्रतिशत आयात शुल्क लगाउँछ । तर एक अगस्टदेखि अमेरिका ३५ प्रतिशत टैरिफ लगाउँथ्यो भने सोही शर्टको मूल्य १५.१० डलर हुनेछ । अर्थात् यस शर्टको मूल्यमा ५१ प्रतिशतको वृद्धि हुनेछ ।

कपडाको निर्यातमा बाङ्लादेशको प्रतिस्पर्धा भियतनामसँग छ । तर, अमेरिकाले भियतनाका उत्पादनमा भने अमेरिकाले २० प्रतिशत मात्र कर लिने घोषणा गरेको छ । यसको अर्थ भियतनामबाट जाने कपडामा अमेरिकी बजारमा बाङ्लादेशको तुलनामा १५ प्रतिशत कम शुल्क लाग्नेछ । यसले अमेरिकी बजारमा बाङ्लादेशको कपडा निर्यातमा नकारात्मक प्रभाव पार्नेछ र निर्यातकर्ताहरूमा ठूलो दबाव सिर्जना गर्नेछ । बंगलादेशमा लगभग ४० लाख मानिसहरूले कपडा उद्योगबाट रोजगारी पाएका छन् । अमेरिकाले ३५ प्रतिशत कर लगाएपछि धेरै कपडा उद्योगहरु बन्द हुने वा उनीहरुले उत्पादन घटाउने र त्यसबाट रोजगारीमा समेत प्रतिकूल असर पर्ने निश्चित देखिएको छ ।

बंगलादेशका थिंक ट्यांक सेन्टर फोर पोलिसी डायलगकी कार्यकारी निर्देशक डा. फहमीदा खातुनले अमेरिकी निर्णयले बंगलादेशी कपडा उद्योग मात्र नभएर पूरै अर्थतन्त्रमा गम्भिर असर पार्ने दावी गर्छिन् । उनका अनुसार बंगलादेशको अर्थतन्त्रको मेरुदण्ड मानिने कपडा उद्योग धाराशायी हुनुकोअर्थ बैंक, बीमा, यातायात र पूर्वाधार क्षेत्रहरु पनि अस्तव्यस्त हुनु हो ।

‘बंगलादेशले जति सक्दो तयारी पोशाक उद्योगमा निर्भरता घटाउनु पर्छ । र, अब छाला, माछापालन लगायतका उद्योगहरुका ध्यान केन्द्रित गर्नुपर्छ, त्यो भन्दा अर्काे भरपर्दाे विकल्प छैन ।’ उनको भनाइ छ

ग्लोबल ट्रेड रिसर्च इनिसियटिभका संस्थापक अजय श्रीवास्तव बंगलादेशले कपडा उद्योगको लागि आवश्यक पर्ने कपास र धागो लगायतका कच्चा पदार्थहरु चीनबाट ल्याउने गरेकोले पनि अमेरिकाले आपत्ती जनाइरहेको बताउंछन् । ‘चीनको कच्चा पदार्थबाट बनेका समानलाई बंगलादेशी भनेर किन छुट दिने ? बंगलादेशले आफ्नै कच्चा पदार्थमा आधारित रहेर कपडा उत्पादन गरोस् भन्ने अमेरिकी भनाइ रहेको छ । तर बंगलादेशले आवश्यकता पूर्ती गर्ने गरि कपास र धागो उत्पादन गर्न सक्दैन’ श्रीवास्तवको भनाइ छ ।

अमेरिकाले भियतनामसंग केही दिन अघि व्यापार सम्झौता गरेको छ । जस अनुसार भियतनामले आफ्नो बजारलाई पूर्ण रूपमा अमेरिकी लागि खोलिदिएको छ भने अमेरिकाले भियतनामका उत्पादनलाई बढीमा २० प्रतिशत कर लगाउने घोषणा गरेको छ । त्यसको अर्थ अमेरिका बंगलादेशसहित अरु देशहरुलाई ३५ प्रतिशत कर लगाएर भियतनामलाई त्यो भन्दा कम्तिमा १५ प्रतिशत थोरै कर लगाउंदैछ, त्यो भनेको भियतनामका उत्पादनलाई अमेरिकी बजारमा सहज प्रवेश दिनु नै हो । अमेरिका भियतनाम व्यापार सम्झौताले बंगलादेशसहितका विभिन्न देशलाई झड्का नै दिएको छ ।

गत वर्ष अमेरिकाको भियतनामसँग व्यापार घाटा १२३.५ अर्ब डलर थियो भने बंगलादेशसँगको व्यापार घाटा ४६.२ अर्ब डलर थियो । अर्थात् बंगलादेशको तुलनामा अमेरिकाको व्यापार घाटा भितनामसंग झण्डै साढे २ गुना धेरै छ । तर पनि अमेरिका भियतनामसंग लचिलो भैरहेको छ भने बंगलादेशसंग कडारुपमा प्रस्तुत भैरहेको छ ।

अमेरिकाको यो रणनीति भने बुझि नसक्नुको भएको विश्लेषकहरु बताउंछन् । मेरोलगानी

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x