१२ मंसिर २०८३, शुक्रबार

अमेरिकी रक्षा मन्त्री लोयड अनौपचारिक अफगानिस्तानको भ्रमण

एसीपी संवाददाता

९ चैत्र २०७७, सोमबार ०४:२७ मा प्रकाशित

एजेन्सी । अमेरिकी रक्षा मन्त्री लोयड अस्टिनले अनौपचारिक रूपमा अफगानिस्तानको भ्रमण गर्नुभएको आइतबार पेन्टागन स्रोतले जानकारी गराएको छ । अफगानिस्तानबाट अमेरिकी सेना फर्किन मिति नजिकिँदै गर्दा भएको यस भ्रमणलाई विश्व समुदायले अर्थपूर्ण रूपमा हेरेको छ ।

अमेरिकाले गत वर्ष अफगानिस्तानको तालिवान विद्रोहीसँग गरेको सहमति अनुसार यसै वर्षको मे १ मा सम्पूर्ण अमेरिकी सेनालाई फिर्ता गर्ने उल्लेख भएको र यसको तयारीस्वरुप रक्षामन्त्रीले अफगानिस्तानमा उच्च पदस्थ अधिकारीलगायत व्यक्तिहरूलाई भेटेको बुझिएको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले यस पहिलेको सरकारले तय गरेको सेना फिर्ता गर्ने मिति मे १ मा नै सबै अमेरिकी सैनिक फिर्ता गर्न कठीन हुने बताइरहेका समय एशिया भ्रमणमा रहेका अमेरिकी रक्षामन्त्रीले अफगानी राष्ट्रपतिसँग भेट गरी वार्ता गर्नुभएको बताइएको छ ।

अमेरिकी रक्षा अधिकारीहरूले रक्षामन्त्री अफगानिस्तानबाट फिर्ता नहुँदासम्म समाचारलाई सार्वजनिक नगर्न अफगानी अधिकारीहरूलाई आग्रह गरे अनुसार भ्रमणको समाचार कभरेज ढिलो गरी भएको एएफपीलाई एक अफगानी अधिकारीले बताए ।

रक्षामन्त्री अस्टिनले यस पहिले यसै साता जापान, भारतलगायतका एशियाली मुलुकहरूको भ्रमण गरिसकेका छन् । रातो paaिट

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x