३२ असार २०८३, बिहीबार
अमेरिकी साम्राज्यवादको विरुद्धमा तथा प्यालेस्टाइनलाई उपनिवेश बनाउने नीतिको भण्डाफोर हुँदै
✍ नुर मोहम्मद अन्सारी
काठमाडौं – राष्ट्रिय क्रान्तिकारी मोर्चा नेपालले फागुन २२ गते (शुक्रबार) दिउँसो १ बजे काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन गर्ने भएको छ।
मोर्चाले जारी गरेको विज्ञप्तिअनुसार उक्त प्रदर्शन अमेरिकी साम्राज्यवादको विरुद्धमा तथा प्यालेस्टाइनलाई उपनिवेश बनाउने नीतिको भण्डाफोर गर्ने उद्देश्यले आयोजना गरिएको हो।
मोर्चाले सम्पूर्ण क्रान्तिकारी, न्यायप्रेमी, स्वतन्त्रता पक्षधर नागरिकलाई कार्यक्रममा सहभागी भई ऐक्यबद्धता जनाउन आह्वान गरेको छ।
स्थान: माइतीघर, काठमाडौं
मिति: फागुन २२ गते (शुक्रबार)
समय: दिउँसो १ बजे
राष्ट्रिय क्रान्तिकारी मोर्चा नेपाल
Subscribe
Login
0 Comments



