१ श्रावण २०८३, शुक्रबार
अस्पतालमा कोरोना संक्रमित,आकस्मिक सेवा बाहेक सबै सेवा बन्द

कञ्चनपुरको महाकाली अस्पतालमा उपचाररत बिरामीमा कोरोना भाईरसको संक्रमण देखिएपछि आकस्मिक बाहेकका सेवा एक दिनका लागि बन्द गरिएको छ।
अस्पतालको सघन उपचार कक्ष आईसियुमा उपचाररत विरामीमा कोरोना पुष्टि भएपछि आज एक दिन आकस्मिक बाहेकका सेवा बन्द गरिएको अस्पतालले जनाएको छ।
अस्पतालका निमित्त मेडिकल सुपरीटेन्डेन्ट डाक्टर हरीकुमार श्रेष्ठले अस्पताल हाताभित्र स्यानिटाईजेसन गर्नुपर्ने भएकाले एक दिनका लागि आकस्मिक बाहेकका सेवा बन्द गरिएको बताए।
असोज १५ गते अस्पतालको सघन उपचार कक्षमा उपचाररत बिरामीमा कोरोना देखिएको थियो। दिनेशखबर
Subscribe
Login
0 Comments



