३२ असार २०८३, बिहीबार

आइडियल पब्लिक सेकेन्डरी स्कूलद्वारा महेन्द्र पार्कमा खेलकुद महोत्सव सम्पन्न

एसीपी संवाददाता

२३ माघ २०८१, बुधबार १५:२८ मा प्रकाशित

नेपालगञ्ज –  आइडियल पब्लिक सेकेन्डरी स्कूलले हालै वार्षिक खेलकुद महोत्सवको आयोजना जारी रहेको छ ।  जसमा विद्यार्थीहरूका लागि रमाइलो गतिविधि तथा विभिन्न खेल प्रतियोगिताहरू समावेश गरिएका छ । नेपालगन्ज रङ शाला , एम पि स्कुल सहित महेन्द्र पार्कमा आयोजित विभिन्न  कार्यक्रमले सबै तहका विद्यार्थीलाई उत्साहपूर्वक सहभागी हुने अवसर प्रदान गरेको आयोजक आईडिय पब्लिक सेकेन्डरीले स्कुलले जनाएको छ ।

खेलकुद महोत्सव विविध मनोरञ्जनात्मक तथा प्रतिस्पर्धात्मक खेलहरूसहित निकै रोमाञ्चक बन्यो बालबालिकाले भने ।  विद्यार्थीहरूले दौड प्रतियोगिता, लामो हामफाल, टोलीगत खेलहरूजस्ता विभिन्न क्रियाकलापमा भाग लिए। खेलकुद मात्र नभई रमाइलो गतिविधिहरू पनि समावेश गरिएकाले सबै विद्यार्थीले आनन्ददायी अनुभव लिन पाएका हौ विद्यार्थीहरुले बताए ।

कार्यक्रमको मुख्य आकर्षण विद्यार्थीहरूबीचको टोलीगत खेलहरू, रिले दौड र शारीरिक क्षमताका प्रतियोगिताहरू रहे, जसले उनीहरूमा सहकार्य र खेलभावना विकास गर्‍यो। शिक्षक तथा विद्यालय प्रशासनले विद्यार्थीहरूलाई हौसला प्रदान गर्दै कार्यक्रमलाई अझ जीवन्त बनाएका थिए।

विद्यालय व्यवस्थापनका अनुसार यस्ता खेलकुद गतिविधिले विद्यार्थीहरूको शारीरिक तन्दुरुस्ती र सहकार्यको भावना अभिवृद्धि गर्छ। कार्यक्रमको अन्त्यमा विजयी खेलाडीहरूलाई पुरस्कार वितरण गरिएको थियो।

आइडियल पब्लिक सेकेन्डरी स्कूलद्वारा आयोजित यस खेलकुद महोत्सव निकै सफल रह्यो, जसले विद्यार्थीहरूलाई नयाँ अनुभव प्रदान गर्दै उनीहरूलाई स्वस्थ र सक्रिय जीवनशैली अपनाउन प्रेरित गर्ने बिश्वास लिएका छौ आयोजलले भने ।

3 1 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x